समाचारपोष्टका सिइओ गुरुङ : एनआरएनए पोर्चुगलको उपाध्यक्ष तथा प्रवक्तामा निर्वाचित

पोर्चुगल । समाचारपोष्टका सिइओ गणेश गुरुङ (गनि) गैरआवासीय नेपाली संघ (NRNA) पोर्चुगलको उपाध्यक्ष तथा प्रवक्ता पदमा विजयी हुनुभएको छ।

हालै सम्पन्न निर्वाचनमा गुरुङ २०२५-२०२७ का उपाध्यक्ष तथा प्रवक्ताका लागि सर्वसम्मत निर्वाचित हुनुभएको हो । सञ्चार क्षेत्र हुँदै सामाजिक नेतृत्वमा क्रियाशील गुरुङको यो जितले प्रवासमा रहेका नेपाली समुदायबीच आशा, विश्वास र समावेशी नेतृत्वको अपेक्षालाई थप मजबुत बनाएको बताइएको छ।

विगतदेखि नै पत्रकारिता, सामाजिक अभियान तथा प्रवासी नेपालीका हकहितमा सक्रिय रहँदै आउनु भएका गुरुङले निर्वाचित भएपछि प्रतिक्रिया दिंदै सबै मतदाताप्रति आभार व्यक्त गर्दै आफूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

गणेश गुरुङको नेतृत्वमा संस्थाले प्रवासी नेपालीहरूका समस्या समाधान, नेपालसँगको सम्बन्ध सुदृढीकरण तथा सांस्कृतिक पहिचानको संरक्षणमा विशेष ध्यान दिने विश्वास गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?