बाँदर नियन्त्रणको विषय लिएर गृह मन्त्रालय पुग्यो, कांग्रेस अर्घाखाँची

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँची बाँदर, बँदेल लगायतका जंगली जनावर नियन्त्रणको माग सहित गृह मन्त्रालय पुगेको छ ।

किसानले सास्ती व्यहोर्नु परेको भन्दै जिल्ला प्रशासनमा ध्यानाकर्षण गराएको कांग्रेस गृहमन्त्रालय पुगेको हो । गृहमन्त्री रमेश लेखकलाई भेटेर अर्घाखाँचीको टोलीले ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएको हो ।

नेपाली कांग्रेस अर्घाखाँचीका सभापती केशव श्रेष्ठको नेतृत्वमा गएको टोलीले जंगली जनावर नियन्त्रणका लागी पहल गर्नुपर्ने माग राखेका छन् । अर्घाखाँची लगायत पहाडी जिल्लाका किसानले लगाएको अन्नबाली वन्यजन्तुले सखाप पारेको भन्दै उनिहरुले तत्काल पहलकदमी लिन उनिहरुले आग्रह गरेका छन् ।

ज्ञापनपत्र बुझाउन सभापती श्रेष्ठसहित नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, प्रदेश सदस्य शान्ता भण्डारी, महाधिवेशन प्रतिनिधी डा. मुक्ती श्रेष्ठ, सुर्य प्रसाद अधिकारी, तारा श्रेष्ठ, शितगंगाका मेयर छविलाल पौडेल, उपमेयर गिता भाट, महिला नेतृ सिता भुसाल, रेमकला खत्री, खिम अधिकारी लगायतको टोली गएको थियो ।

जवाफमा गृहमन्त्री लेखकले यो पहाडी भेगको जटिल समस्या भएकाले यसमा कसरी ‘एक्सन’ लिने भन्नेबारे गृहकार्य भईरहेको बताए । अपनाईएका विधीको प्रभावकारिता र कानुनी जटिलता हेरेर छिटै निर्णयमा पुग्ने उनले बताएको सभापती श्रेष्ठले बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
लक्ष्मण घिमिरे
लेखकको बारेमा

लक्ष्मण घिमिरे

बिगत लामाे समय देखी अर्घाखाँचीमा सकृय पत्रकारीता गर्दै आएका घिमिरे समाचारपाेष्ट डटकमका बरिष्ट संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?