‘इन्टरनेट गुरु भोला राम र श्रीमती’ को पहिलो भाग सार्वजनिक

काठमाडौं । राफल्स एजुकेयर एशोसिएट्सको प्रस्तुति रहेको नयाँ हास्य टेलिसिरिज ‘इन्टरनेट गुरु भोला राम र श्रीमती’ – सिजन १ को पहिलो भाग आज सार्वजनिक गरिएको छ । श्रृंखलाको निर्देशन नारायण प्रधान द्वारा गरिएको हो भने कथा लेखन अर्जुन पोखरेलले गरेका छन् ।

पहिलो भागमा देखाइए अनुसार, श्रृंखला सामाजिक सञ्जाल र प्रविधिमा अत्यधिक निर्भर जीवनशैलीको पृष्ठभूमिमा आधारित हास्यकथा हो, जसमा भोला राम (भूमिकामा अर्जुन) इन्टरनेटको जालमा अल्झिएका देखिन्छन् भने संकु (भूमिकामा संगम) परम्परागत सरल जीवनशैली साथै छिमेकीको चियो चर्चा गर्ने प्रतिनिधित्व गर्दै गरेको देख्न सकिन्छ । जस्लाइ छायांकन रेवन महत ले गरेका छन ।

निर्देशक नारायण प्रधान तथा लेखक द्धय अर्जुन पोखरेल भन्छन्, “आजको प्रविधिप्रेमी पुस्ता र पारिवारिक जीवनबीचको द्वन्द्वलाई मनोरञ्जनात्मक ढंगमा देखाउने हाम्रो प्रयास हो । हाँसोका साथ सन्देश पनि दिनेछौँ ।”

श्रृंखलामा समसामयिक विषयवस्तु, मज्जाले बुनेको कथा र उत्कृष्ट अभिनय रहने अपेक्षा गरिएको छ। विशेष गरी अर्जुनको हास्य समयबोध र संगमको सशक्त उपस्थिति दर्शकहरूका लागि विशेष आकर्षण हुनेछन्।

‘भोला राम र श्रीमती’ सँगै हाँसो, माया र डिजिटल दुनियाँको मज्जा लिन सक्नुहुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?