नविकरण नगरिएका सवारीधनीका लागि राहत : लुम्बिनी प्रदेश सरकारले जरिवानामा ७५ प्रतिशत छुट दिने

अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारले नविकरण नगरिएका सवारीसाधनका लागि ठूलो राहत योजना ल्याएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को श्रावण १ गतेदेखि पुस मसान्तसम्म सवारीसाधन नविकरण गराउँदा लाग्ने जरिवानामा ७५ प्रतिशत छुट दिने निर्णय गरिएको हो।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जानकारी दिदै, नविकरण नभएका सबै खालका सवारीसाधनलाई कानुनीरूपमा वैध बनाउने उद्देश्यसहित छुटको व्यवस्था गरिएको बताए। “नविकरण गर्न बाँकी समय जति नै भए पनि जरिवानामा ७५ प्रतिशत छुट दिएर सवारीसाधन वैध बनाउने योजना छ,” मन्त्री न्यौपानेले भने।

मन्त्री न्यौपानेका अनुसार, सवारी नविकरण नगरी चलाउने चालकहरू ट्राफिक प्रहरीको डरले तीव्र गतिमा सवारी चलाउने, जरिवाना तिर्नु नपरोस् भनेर नियम विपरीत हिँड्ने प्रवृत्ति बढ्दै गएको र यसले सवारि दुर्घटना बढेको भन्दै यस्तो निर्णय गरिएको हो। उनले यसबाट राज्यको राजस्व संकलन बढ्ने मात्र नभइ सडक दुर्घटनाको जोखिम पनि कम हुने विश्वास व्यक्त गरे।

यति ठूलो छुट प्रदेश सरकारले पहिलोपटक दिने निर्णय गरेकाले सवारीधनीहरूले यसलाई अवसरको रूपमा लिन मन्त्री न्यौपानेले आग्रह गरे। “नविकरण नगरी चलाइएका सवारी साधनले सडकमा दुर्घटनाको सम्भावना बढाउँछन्। यस्तो समस्या कम गर्न र नागरिकलाई सजिलो बनाउने उद्देश्यले यो कदम चालिएको हो,” उनको भनाइ छ।

मन्त्रालयले सवारी नविकरण नगरेका सवारीधनीको संख्या यकिन नभएको भए पनि ठूलो संख्यामा रहेको आँकलन गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?