पाणिनी पत्रकार समाज, नेपालको आधिकारिक वेबसाइट सार्वजनिक

अर्घाखाँची । पाणिनी पत्रकार समाज नेपालले आफ्नो आधिकारिक वेबसाइट pjsnepal.org सार्वजनिक गरेको छ । समाजका अध्यक्ष भिम विश्वकर्माको अध्यक्षता र पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा वेबसाइट सार्वजनिक गरिएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नर्मदा गौतम पौडेल, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, वडा नं. १ देखि ८ सम्मका वडा अध्यक्षहरू, पालिका स्तरीय शिक्षा समितिका सदस्य तुल्सी पौडेल, कर्मचारी तथा समाजका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

अध्यक्ष भिम विश्वकर्माले वेबसाइट निर्माणको उद्देश्यबारे प्रकाश पार्दै यसको विशेषताबारे जानकारी गराएका थिए । उनले समाजका गतिविधि, समाचार, सूचना तथा अर्घाखाँची जिल्लासम्बन्धी सम्पूर्ण जानकारी वेबसाइटमार्फत उपलब्ध हुने बताए । साथै, यसले जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे ।

त्यसैगरी प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले राम्रो कामको सुरुवात भएको भन्दै प्रशंसा गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नवीनतम प्रविधिको प्रयोगमार्फत पत्रकार समाजको गतिविधिलाई अभिलेख गर्ने तथा जिल्लालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यसहित वेबसाइट सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?