धातिवाङ्गमा कालिका-मालिका जोड्ने ३६० मिटर लामो झोलुङ्गे पुल बन्ने

अर्घाखाँची । अर्घाखाँचीकाे पाणिनि गाउँपालिका वडा नं. ६ धातिवाङ्ग स्थित साविक ८ कालिका मन्दिर देखि साविक ३ मालिका मन्दिरसम्म जाेडने गरि पुल निर्माणकाे प्रक्रिया अगाडि बढेकाे छ ।

झोलुङ्गे पुल निर्माणका लागि शुक्रबार डिपिआर प्रतिवेदन तयार गर्ने कार्य सम्पन्न भएको वडा अध्यक्ष कृष्णप्रसाद पाैडेलले जानकारी दिए ।

प्राविधिक टोली तथा स्थानीय सरोकारवालाको उपस्थितिमा नापजाँच, सर्वेक्षण लगायतका प्रक्रिया पूरा गरिएको हाे ।

करिब ३६० मिटर लामो पुल बन्ने यस योजनाले गाउँलेहरूको आवागमन सहज बनाउनेछ, भने शिक्षा, स्वास्थ्य, व्यापार तथा दैनिकीमा समेत ठूलो सहजता ल्याउने अपेक्षा गरिएको छ ।

स्थानीयवासीहरू पुल निर्माणलाई धातिवाङ्गकै अहिलेसम्मकाे विकास क्षेत्रमा महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिरहेका छन्। पुल बनाउँनका लागि सिंहदरबारमा स्थानीय समाजसेवी इन्द्रमणि पाैडेल सहित वडाका जनप्रतिनिधि पुगेर रू ३ कराेड बजेट विनियोजन भएको छ ।

डिपिआर पछि ठेक्का प्रक्रियामा गई पुल निर्माणकाे काम प्रारम्भ हुने र आफ्नै अहिलेकाे कार्यकालमा पुल निर्माणलाई सम्पन्न गर्नेका वडा अध्यक्ष पाैडेल विश्वस्त छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?