छत्रदेव : श्रीमानले श्रीमतीकाे हत्या गरी शव घरभित्रै पुरे

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलपोखरामा श्रीमानले श्रीमतीको हत्या गरी शव घरभित्रै पुरेको खुलेकाे छ ।

हत्यामा संलग्न ३६ वर्षीय श्रीमान् किरण गुरुङ पक्राउ परेका छन् । उनले ३४ वर्षीया सुमित्रा कुमालको हत्या गरी भान्साकोठामा पुरेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले बताए ।

श्रीमतीको हत्या गरेपछि किरणले ९ वर्षीया छोरीलाई कसैलाई नभन्न लगाएको समेत खुलेको छ । हत्या भएको ६ दिनपछि शव भेटिएको हो ।

प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ्ग स्थायी घर भएका किरण विगत ८ वर्षदेखि छत्रदेव–४ को पातलपोखरामा बस्दै आएका थिए ।

माइती पक्षले बल्कोट प्रहरी चौकीमा सुमित्राको खोजीका लागि खबर गरेका थिए । झगडापछि गएको ११ गते राति श्रीमतीको हत्या गरेको किरणले स्वीकार गरेका प्रहरीको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?