छत्रदेव : श्रीमानले श्रीमतीकाे हत्या गरी शव घरभित्रै पुरे

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलपोखरामा श्रीमानले श्रीमतीको हत्या गरी शव घरभित्रै पुरेको खुलेकाे छ ।

हत्यामा संलग्न ३६ वर्षीय श्रीमान् किरण गुरुङ पक्राउ परेका छन् । उनले ३४ वर्षीया सुमित्रा कुमालको हत्या गरी भान्साकोठामा पुरेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले बताए ।

श्रीमतीको हत्या गरेपछि किरणले ९ वर्षीया छोरीलाई कसैलाई नभन्न लगाएको समेत खुलेको छ । हत्या भएको ६ दिनपछि शव भेटिएको हो ।

प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ्ग स्थायी घर भएका किरण विगत ८ वर्षदेखि छत्रदेव–४ को पातलपोखरामा बस्दै आएका थिए ।

माइती पक्षले बल्कोट प्रहरी चौकीमा सुमित्राको खोजीका लागि खबर गरेका थिए । झगडापछि गएको ११ गते राति श्रीमतीको हत्या गरेको किरणले स्वीकार गरेका प्रहरीको भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?