सामाजिक सञ्जाल सूचीकृत भएनन्, तत्काल बन्द नगर्ने सरकारको मनस्थिति

काठमाण्डौ । सामाजिक सञ्जाल सूचीकृतका लागि सरकारले दिएको समयसीमा सकिएको छ । तर सरकारले दिएको समयसीमामा फेसबुकलगायत कुनै पनि सामाजिक सञ्जाल सूचीकृत हुन आएका छैनन् ।

सरकारले पछिल्लो पटक गएको भदौ १२ गते सूचना प्रकाशन गर्दै फेसबुक, इन्स्टाग्राम, एक्स, गुगललगायतका सामाजिक सञ्जाललाई एक हप्ताभित्र सूचीकरण हुन सरकारले निर्देशन दिएको थियो । तोकिएको समयमा सूचीकरण हुन नआए क्रमशः बन्द गर्दै जाने सरकारले चेतावनी दिएको थियो । सरकारले दिएको म्याद गएराति सकिएको छ । तर फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द भएको छैन ।

फेसबुकलगायत सामाजिक सञ्जाल बन्द भएमा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश जाने भएकाले चेतावनी दिने, तर तत्काल बन्द नगर्ने सरकारको मनस्थिति रहेको बुुझिएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भने हिजो पनि तोकिएको समयमा सूचीकृत नभए सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी दिएका थिए ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?