back to top
IPL 2025
IPL 2024
२८ अशोज २०८२, मंगलबार
२८ अशोज २०८२, मंगलबार
IPL 2025
spot_img

पाणिनीका खोलामा अनुगमन : अनियन्त्रित उत्खनन् रोक्न निर्देशन

spot_img

Logoसमाचार सारांश Auto Generated by AI

  • पाणिनि गाउँपालिकाभित्रका बागि खोला, सौर्य खोला, दुर्गा खोला र वाग्ले खोलामा निर्माण सामग्रीको अनियन्त्रित उत्खनन् भइरहेको आशंकामा अनुगमन गरिएको।
  • खोलाबाट हुने चोरी निकासी रोक्न तत्काल ठेक्का बन्दोबस्त गर्नुपर्ने र आइईई प्रतिवेदनले तोकेअनुसार मात्र उत्खनन् गर्नुपर्ने निर्देशन दिइएको।
  • बिहान सुर्योदयअघि र बेलुकी सुर्यास्तपछि उत्खनन् र ढुवानी कार्य नगर्नुपर्ने नियम कडाइका साथ पालना गर्नुपर्ने निर्णय गरिएको।

अर्घाखाँची । पाणिनि गाउँपालिकाभित्रका विभिन्न खोलामा अनुगमन गरिएको छ ।

बागि खोला, सौर्य खोला, दुर्गा खोला र वाग्ले खोलामा निर्माण सामग्रीका रूपमा प्रयोग हुने ढुङ्गा–गिट्टी तथा बालुवाको अनियन्त्रित उत्खनन् भइरहेको आशंकामा जिल्ला अनुगमन समितिले बुधबार स्थलगत निरीक्षण गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाको संयोजकत्वमा गरिएको अनुगमनमा पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा पौडेल, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएपी दिवसबहादुर जीसी, सशस्त्र प्रहरी, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनाल, इन्जिनियर, प्राविधिक, पत्रकारलगायतको उपस्थिति थियो ।

निरीक्षणपछि समितिले खोलाबाट हुने चोरी निकासी रोक्न तत्काल ठेक्का बन्दोबस्त गर्नुपर्ने, आइईई प्रतिवेदनले तोकेअनुसार मात्र घाटगद्धी स्थानबाट उत्खनन् गर्नुपर्ने लगायतका निर्देशन दिएको छ । बिहान सुर्योदयअघि र बेलुकी सुर्यास्तपछि उत्खनन् र ढुवानी कार्य नगर्नुपर्ने नियम कडाइका साथ पालना गर्नुपर्ने पनि निर्णय गरिएको छ ।

त्यसैगरी उत्खनन् गर्दा तोकिएको गहिराइभन्दा बढी नखन्ने, खनिएको खाल्डा अनिवार्य पुर्ने, दैनिक अभिलेख राख्ने, कामदारको स्वास्थ्य व्यवस्थापन गर्ने, पुल क्षेत्रको तलमाथि ५००/५०० मिटर क्षेत्रमा उत्खनन् नगर्ने, आपतकालीन अवस्थामा बाहेक खोला उत्खननमा मेसिन प्रयोग नगर्ने व्यवस्था गरिने भएको छ ।

खोला किनारका खेतवाला र जग्गाधनीसँग आपसी सहमति गरेर मात्र उत्खनन् गर्नुपर्ने, खेत कटान रोक्न ठेकेदारले जालीको व्यवस्था गर्नुपर्ने र नदीको धार नबदल्ने गरी मात्र उत्खनन् गर्नुपर्ने निर्देशन दिइएको छ ।

त्यस्तै, ढुवानीका लागि तोकिएका नाकाबाट मात्र निकासी गर्नुपर्ने, गाउँबस्ती नजिक धुलो उड्ने भएकाले ढुवानीका क्रममा नियमित रुपमा कम्तीमा एक ट्याङ्कर पानी छर्कनुपर्ने व्यवस्था समेत अनिवार्य गरिएको अनुगमन समितिले जनाएको छ ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?