पाणिनीका खोलामा अनुगमन : अनियन्त्रित उत्खनन् रोक्न निर्देशन

अर्घाखाँची । पाणिनि गाउँपालिकाभित्रका विभिन्न खोलामा अनुगमन गरिएको छ ।

बागि खोला, सौर्य खोला, दुर्गा खोला र वाग्ले खोलामा निर्माण सामग्रीका रूपमा प्रयोग हुने ढुङ्गा–गिट्टी तथा बालुवाको अनियन्त्रित उत्खनन् भइरहेको आशंकामा जिल्ला अनुगमन समितिले बुधबार स्थलगत निरीक्षण गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाको संयोजकत्वमा गरिएको अनुगमनमा पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, उपाध्यक्ष नर्मदा पौडेल, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएपी दिवसबहादुर जीसी, सशस्त्र प्रहरी, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनाल, इन्जिनियर, प्राविधिक, पत्रकारलगायतको उपस्थिति थियो ।

निरीक्षणपछि समितिले खोलाबाट हुने चोरी निकासी रोक्न तत्काल ठेक्का बन्दोबस्त गर्नुपर्ने, आइईई प्रतिवेदनले तोकेअनुसार मात्र घाटगद्धी स्थानबाट उत्खनन् गर्नुपर्ने लगायतका निर्देशन दिएको छ । बिहान सुर्योदयअघि र बेलुकी सुर्यास्तपछि उत्खनन् र ढुवानी कार्य नगर्नुपर्ने नियम कडाइका साथ पालना गर्नुपर्ने पनि निर्णय गरिएको छ ।

त्यसैगरी उत्खनन् गर्दा तोकिएको गहिराइभन्दा बढी नखन्ने, खनिएको खाल्डा अनिवार्य पुर्ने, दैनिक अभिलेख राख्ने, कामदारको स्वास्थ्य व्यवस्थापन गर्ने, पुल क्षेत्रको तलमाथि ५००/५०० मिटर क्षेत्रमा उत्खनन् नगर्ने, आपतकालीन अवस्थामा बाहेक खोला उत्खननमा मेसिन प्रयोग नगर्ने व्यवस्था गरिने भएको छ ।

खोला किनारका खेतवाला र जग्गाधनीसँग आपसी सहमति गरेर मात्र उत्खनन् गर्नुपर्ने, खेत कटान रोक्न ठेकेदारले जालीको व्यवस्था गर्नुपर्ने र नदीको धार नबदल्ने गरी मात्र उत्खनन् गर्नुपर्ने निर्देशन दिइएको छ ।

त्यस्तै, ढुवानीका लागि तोकिएका नाकाबाट मात्र निकासी गर्नुपर्ने, गाउँबस्ती नजिक धुलो उड्ने भएकाले ढुवानीका क्रममा नियमित रुपमा कम्तीमा एक ट्याङ्कर पानी छर्कनुपर्ने व्यवस्था समेत अनिवार्य गरिएको अनुगमन समितिले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?