समाचार सारांश Auto Generated by AI
- पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले गाउँपालिकाका सबै शाखाहरुलाई मासिक प्रगति सार्वजनिक गर्न निर्देशन दिएका छन्।
- प्रत्येक शाखाले आफ्नो मासिक प्रगति विवरण गाउँपालिकाको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने अध्यक्ष न्यौपानेले बताए।
- विकास निर्माणका गतिविधिहरू प्रत्येक महिनाको अन्तिम दिन गाउँपालिकाको वेबसाइटबाट सार्वजनिक गर्न निर्देशन दिइएको छ।
अर्घाखाँची । पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले गाउँपालिकाका सबै शाखाहरुलाई मासिक प्रगति सार्वजनिक गर्न निर्देशन दिएका छन् ।
अध्यक्ष न्यौपानेले अबदेखि प्रत्येक शाखाले आफ्नो मासिक प्रगति विवरण गाउँपालिकाको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने स्पष्ट पारेका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै उनले भने, “ विकास निर्माणका गतिविधिहरू जसरी आज हामिले सुन्यो, प्रत्येक शाखाले आफ्ना गतिविधिहरू प्रत्येक महिनाको अन्तिम दिन तपोरले गरेका कार्य प्रगति तपोरले गाउँपालिकाको वेबसाइटबाट राख्ने गर्नुस् ।”
पारदर्शिता र जवाफदेहिताको दृष्टिकोणले जनताले पालिकाको गतिविधिबारे समयमै जानकारी पाउनु आवश्यक भएको उनको भनाइ छ । उनले भने “… किनभने जनताले थाहा पाओस्, हामिले गरेका काम पनि थाहा पाओस्, हामिले गरेको खर्च पनि थाहा पाओस्, कति मितव्ययी छ पालिका भन्ने खालको हेतुले हामी सबै प्रस्तुत हुन जरुरी छ ।”
उनका अनुसार यस कदमले पालिकाका कार्यप्रगति जनतामाझ पुग्ने मात्र नभई, विश्वास बढाउन र कामकाजलाई व्यवस्थित बनाउन मद्दत गर्नेछ ।