कृष्णलीलामा आधारित भजन ‘बन्सुरी हरायो मेरो’ सार्वजनिक

काठमाडौं । राष्ट्रिय लोक भजन चुट्का संस्कृति संरक्षण प्रतिष्ठान नेपाल, बाग्मती प्रदेश कमिटिका महासचिव टेकराज पोखरेलले नयाँ धार्मिक लोकभजन ‘बन्सुरी हरायो मेरो’ सार्वजनिक गरेका छन् । यसअघि ‘नवदुर्गा भवानी भजन’ सार्वजनिक गरेका पोखरेलले यसपटक पिता–पुर्खादेखि गाइँदै आएको कृष्णलीलाको प्रसङ्गमा आधारित भजन दर्शक–श्रोतामाझ ल्याएका हुन् ।

भजनलाई पोखरेलले आफ्नै ‘गोपाल सिद्ध भजन सङ्ग्रह’ पुस्तकबाट संकलन गरेका हुन् । यसमा टेकराज पोखरेल, रबिन्द्र पोखरेल, हरि प्रसाद पोखरेल, सरु न्यौपाने पोखरेल, कौसिला पोखरेल र भक्तिराम पोखरेलले स्वर र लय दिएका छन् ।

प्रमिता पोखरेलको नृत्य निर्देशनमा तयार गरिएको भिडियोमा प्रमिता, शिल्पा, एलिसा, ममता र सम्झनाको आकर्षक नृत्यले भजनलाई झनै मनोरञ्जनपूर्ण र प्रभावशाली बनाएको छ । भजनलाई कोहिनुर मिडिया प्रालि को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

पोखरेलकाअनुसार ‘बाँसुरी हरायो मेरो’ उनको छैठौं सिर्जना हो । उनले आगामी दिनमा पनि धार्मिक र सांस्कृतिक भजनको रचना, निर्माण र प्रसारणमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् ।

उनका अनुसार अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, स्याङ्जा लगायतका पहाडी जिल्लाहरू र नवलपरासी, रुपन्देही, कपिलवस्तुजस्ता तराईका क्षेत्रमा यस्ता लोकभजन गाउने परम्परा अझै जीवित छ । उनले उक्त परम्परालाई आधुनिक माध्यममार्फत नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्य लिएका छन् ।

भजनले कृष्णलीलाको प्रेमील प्रसङ्गमार्फत प्रेमी–प्रेमिकाबीचको साँचो प्रेमको सन्देश दिनका साथै नेपाली समाजमा रहेको धार्मिक आस्था, लोकपरम्परा र संस्कृतिप्रतिको श्रद्धा बलियो बनाउने उद्देश्य लिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?