‘मेरो अर्घाखाँची, हाम्रो अर्घाखाँची’ गीत सार्वजनिक

अर्घाखाँची । अर्घाखाँची र पाल्पा जिल्लामा स्थायी रूपमा बसोबास गर्दै आएका तथा हाल काठमाडौंलाई आफ्नो कर्मथलो बनाएका संस्कृतिप्रेमीहरूको साझा पहलमा स्थापित श्री गोपाल सिद्ध लोक भजन पाणिनी समाज स्थानीय लोक भजन, सांस्कृतिक सम्पदा र मौलिक परम्पराको संरक्षण तथा पुस्तान्तरणमा निरन्तर सक्रिय रहँदै आएको छ।

समाजले विगतका केही वर्षहरूमा परापूर्वकालदेखि गाइँदै आएका पुराना भजनहरूको अभिलेखीकरण गर्दै केही नयाँ सृजनाहरू अडियोभिडियोसमेत बजारमा ल्याइसकेको छ, जसले उल्लेखनीय चर्चा र रुचि पनि पाइसकेको छ।

यही सांस्कृतिक अभियानलाई अघि बढाउँदै समाजले यसपटक अर्घाखाँची जिल्लाको धार्मिक, सांस्कृतिक र प्राकृतिक पहिचानलाई अझै सशक्त रूपमा उजागर गर्ने उद्देश्यसहित ‘मेरो अर्घाखाँची, हाम्रो अर्घाखाँची’ शीर्षकको नयाँ गीत सार्वजनिक गरेको छ। गीतको शब्द, लय र स्वर समाजका अध्यक्ष शेषनारायण पोख्रेलकै रहेको छ भने स्वरमा गोमा न्यौपानेले साथ दिनुभएको छ।

गीतको छायाङ्कन पाणिनी तपोभूमि दह, दुर्वाशेश्वर गुफा, अर्घा भगवती, मालारानी, बल्कोट पौवा, सुपा देउराली मन्दिर, खन दह, मृगस्थली लगायत अर्घाखाँचीका ऐतिहासिक, धार्मिक र प्राकृतिक रूपमा महत्वपूर्ण स्थानहरूमा गरिएको हो। यी दृश्यहरूले अर्घाखाँचीको भौगोलिक सुन्दरता, आस्था र सांस्कृतिक जीवन्ततालाई आकर्षक रूपमा प्रस्तुत गर्छन्।

गीतमा स्मारिका ढकाल, सुरेश कोली र गोमा न्यौपानेको नृत्य संयोजन रहेको छ भने भिडियो निर्देशन सुरज खनालले गरेका हुन्। अडियो रेकर्ड महक रेकर्डिङ स्टुडियो बनस्थलीमा गरिएको हो।

गीत सार्वजनिक गर्दै अध्यक्ष पोख्रेलले अर्घाखाँचीको पर्यटन प्रवर्द्धन, स्थानीय पहिचानको प्रचारप्रसार र मौलिक संस्कृतिको नयाँ पुस्तासम्म पुस्तान्तरण नै यस गीतको मुख्य उद्देश्य रहेको बताएका छन्।

समाजले भविष्यमा पनि मौलिक लोक भजन, परम्परा र सांस्कृतिक सम्पदालाई सुरक्षित राख्दै थप व्यवस्थित रूपमा प्रचारप्रसार गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?