समाचारपोष्टका भाषा सम्पादक घिमिरे सूचना तथा सञ्चार विभाग प्रमुखमा मनोनित

काठमाडौं । विश्व गुरु गोरक्षनाथद्वारा निर्देशित विचारसहित अघि बढिरहेको विश्व हिन्दु युवा संघ–राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिले अर्घाखाँचीका अनन्तप्रसाद घिमिरेलाई सूचना तथा सञ्चार विभागको प्रमुखमा मनोनित गरेको गरेको छ ।

समितिले जारी गरेको औपचारिक पत्रमा घिमिरेले ज्ञान, मानवीय मूल्य, राष्ट्रियता, मानवता र विश्व शान्तिको अभियानमा देखाउँदै आएको सक्रियता, प्रतिबद्धता र योगदानका आधारमा यो महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको उल्लेख छ ।

वेद–वाङ्मयमा आधारित सिद्धान्तलाई आत्मसात गर्दै विश्व शान्तिको लक्ष्यसहित अघि बढिरहेको समितिले घिमिरेको नियुक्तिले संस्थागत सञ्चार व्यवस्थापन, सूचना प्रसारण र संगठनको राष्ट्रिय–अन्तर्राष्ट्रिय पहुँच विस्तारमा नयाँ ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरेको छ । घिमिरेलाई समितिका अध्यक्ष ऋषिकेशजङ्ग शाहले बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेका छन् ।

घिमिरे विगत लामोसमयदेखि विभिन्न राष्ट्रिय सन्चारमाध्यमहरुमा समेत क्रियाशिल रहेका छन् । उनि अर्घाखाँचीकाे पाणिनिबाट संचालित नागरिक टेलिभिजनका सम्पादक, समाचारपाेष्ट डटकमका भाषा सम्पादक समेत हुन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?