विश्व हिन्दु युवा संघ-राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिले बुझायो ज्ञापनपत्र

काठमाडौं – बंगलादेशमा अल्पसंख्यक हिन्दूमाथि भइरहेको निरन्तर आक्रमण तथा हिन्दू युवा दिपुचन्द्र दासको निर्मम हत्याप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन विश्व हिन्दू युवा संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिले औपचारिक पहल सुरु गरेको छ।

समितिले नेपालस्थित बंगलादेशी राजदूतावासमा पुगेर दूत सफिकुर रहमानमार्फत बंगलादेश सरकारलाई हस्तक्षेप गरी हिंसा रोक्न, दोषीमाथि कडा कारबाही गर्न र शान्ति–सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ।

अन्तर्राष्ट्रिय विभाग प्रमुख अभियन्ता (इन्जिनियर) सुवास पौडेलका अनुसार बंगलादेशमा हिन्दू समुदायविरुद्ध बढ्दो साम्प्रदायिक हमला केवल धार्मिक अधिकारमाथिको अतिक्रमण मात्र नभई मानवअधिकार र सभ्यतामाथिको गम्भीर चुनौती भएको भन्दै तत्काल निष्पक्ष कदम चाल्न समिति दृढतापूर्वक उभिएको छ।

ध्यानाकर्षणपत्र बुझाउने टोलीमा विश्व हिन्दू युवा संघका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्यक्ष ऋषि केशजंग शाह, सल्लाहकार सुरेन्द्र रेग्मी, राष्ट्रवादी युवा नेता इन्जिनियर सुवास पौडेल, योगेन्द्र बहादुरसिंहलगायतको सहभागिता थियो।

कार्यक्रममा संघका अध्यक्ष शाहले नेपाललाई विश्वशान्तिको धरोहर र मानव सभ्यताको आद्यभूमि भएको उल्लेख गर्दै, “सार्क मुलुकहरूमध्ये जहाँ धार्मिक उश्रृंखलता र विभाजनकारी गतिविधि देखिन्छ, त्यहाँ अन्तर्राष्ट्रिय समुदायले सकारात्मक दबाब र सद्भावपूर्ण सहयोग बढाउनु आजको आवश्यकता हो,” भन्दै साम्प्रदायिकता र हिंसाविरुद्ध एकजुटताको सन्देश दिए।

नेपालबाट उठेको यो आवाजले अल्पसंख्यकको अधिकार, शान्ति र मानव सभ्यताप्रतिको सम्मानमा अन्तर्राष्ट्रिय तहमा महत्वपूर्ण बहसलाई फेरि एकपटक तीव्र बनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?