“शिबगोरक्ष – पृथ्वीनारायण शाह र गोर्खा साम्राज्य” विषयक विचार गोष्ठीको आयोजना

काठमाडौं । विश्व हिन्दु युवा संघ-राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिको आयोजनामा यहि पौष २७ गतेका दिन “शिबगोरक्ष-पृथ्वीनारायण शाह र गोर्खा साम्राज्य” विषयक विचार गोष्ठी आयोजना हुने भएको छ ।

इतिहास, दर्शन, राष्ट्रनिर्माण र समकालीन विमर्शलाई एउटै मञ्चमा समेट्ने उद्देश्यसहित उक्त विचार गोष्ठी आयोजना हुने भएको छ । गोष्ठीले गोर्खा साम्राज्यको ऐतिहासिक यात्रा, पृथ्वीनारायण शाहको राष्ट्रनिर्माण दृष्टि तथा त्यसको समकालीन अर्थ र प्रभावमाथि गम्भीर बहस गर्ने अपेक्षा गरिएको आयोजकले जनाएका छन् ।

गोरक्षपीठ, मृगस्थलीमा स्थान तय गरिएको उक्त विचार गोष्ठीमा विभिन्न क्षेत्रका विज्ञ, अध्येता, अभियन्ता र विश्लेषकहरूको सहभागिता रहनेछ । कार्यक्रममा प्रा. डा. विद्यानाथ कोइराला, डा. हरिप्रसाद सोडारी, सह–प्राध्यापक डिल्ली निरौला, पत्रकार तथा विश्लेषक अर्जुन ज्ञवाली, अर्थविद् डा. शम्भु पोखरेल, गुठी अभियन्ता अधिवक्ता अनिस बैद्य, हिन्दु अभियन्ता अभिषेक जोशी तथा किराँत मोर्चाका महासचिव सौजन किरात वक्ताका रूपमा सहभागी हुनेछन् ।

गोष्ठीमा पृथ्वीनारायण शाहको राजनीतिक दर्शन, सांस्कृतिक एकीकरण, आर्थिक आधार, गुठी व्यवस्था, धर्म–संस्कृतिको भूमिका र वर्तमान राष्ट्रराजनीतिसँग यसको सम्बन्धमाथि बहुआयामिक छलफल हुने जनाइएको छ । आयोजकले इतिहासलाई केवल अतीतको विषय नभई वर्तमान र भविष्यको मार्गदर्शकका रूपमा बुझ्न यो गोष्ठी महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?