विदेशमा बसेर पनि मताधिकारको आवाज: पेरिसबाट उठेको अभियान युरोपभर फैलिँदै

“रेमिटेन्स चल्छ भने भोट किन चल्दैन ?” भन्ने नारासहित पेरिसबाट सुरु भएको यो अभियानले अहिले युरोपका विभिन्न देशहरूमा गति लिँदै गएको छ। फ्रान्सबाट सुरु भएको दबाब अभियान इटली, नर्वे र पोर्चुगलसम्म विस्तार भइसकेको छ।

अभियन्ता गुरुङका अनुसार, वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपालीले देशको अर्थतन्त्र धान्न महत्वपूर्ण भूमिका खेलेका छन्। तर, उनीहरू राजनीतिक निर्णय प्रक्रियाबाट वञ्चित हुनु लोकतान्त्रिक मूल्य–मान्यताको विपरीत भएको उनको भनाइ छ।

“विदेशमा बसेका नेपालीले पठाएको रेमिटेन्सले देश चलेको छ। तर, उनीहरूको मताधिकार भने अझै सुनिश्चित हुन सकेको छैन। अब यो विषयलाई गम्भीर रूपमा उठान नगरी नहुने अवस्था आएको छ,” गुरुङले बताए।

उनका अनुसार, युरोपमा रहेका नेपाली समुदाय, सामाजिक संस्था तथा अभियन्ताहरूसँग समन्वय गर्दै नेपाल सरकारमाथि चाँडै औपचारिक दबाब दिने तयारी भइरहेको छ। विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउन आवश्यक कानुनी र प्राविधिक व्यवस्था तत्काल गर्नुपर्ने उनको माग छ।

पेरिसबाट उठेको यो आवाज युरोपभर फैलिँदै जाँदा, विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीको मताधिकारको बहस अब नेपालमा पनि थप चर्किने अपेक्षा गरिएको छ।

spot_img
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?