धार्मिक आस्थामाथि प्रहार भएको भन्दै विश्व हिन्दू युवा संघ आक्रोशित

समाचार सारांश
Auto Generated by AI
  • खगेन्द्र सुनारले गाईका विषयमा दिएको आपत्तिजनक अभिव्यक्तिको विश्व हिन्दू युवा संघले कडा निन्दा गरेको छ।
  • सुनारको भनाइले धार्मिक आस्था र सामाजिक सद्भावमा प्रहार गरेकाले उनलाई सार्वजनिक माफी माग्न माग गरिएको छ।
  • गल्ती स्वीकार नगरेमा कानुनी उपचार खोज्ने र कडा आन्दोलन गर्ने चेतावनी संघले सरकारलाई दिएको छ।

काठमाडौँ ।
सामाजिक सञ्जालमा आफूलाई सामाजिक अभियन्ताका रूपमा चिनाउने खगेन्द्र सुनारले दिएको पछिल्लो अभिव्यक्तिप्रति विश्व हिन्दू युवा संघ–राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समितिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले एक प्रेस विज्ञप्ति जारी गर्दै सुनारको उक्त भनाइलाई अत्यन्तै गैरजिम्मेवार, निकृष्ट र आपत्तिजनक ठहर गर्दै त्यसको तीव्र भर्त्सना गरेको छ ।
​नेपालको संविधानले नै राष्ट्रिय जनावरको रूपमा सम्मान दिएको र करोडौँ सनातनी धर्मावलम्बीहरूले ‘गौमाता’ को रूपमा श्रद्धापूर्वक पूजा गर्ने गाईको विषयमा दिइएको यस्तो अभिव्यक्तिले धार्मिक आस्था, मौलिक संस्कृति र सामाजिक सद्भावमाथि सिधा प्रहार गरेको संघको निष्कर्ष छ । अभिव्यक्ति स्वतन्त्रताको नाममा सनातनी समाजको संवेदनशीलतालाई नजरअन्दाज गर्दै समाजमा अराजकता र धार्मिक विद्वेष फैलाउन खोजिएको भन्दै समितिले यसलाई अक्षम्य अपराधको रूपमा चित्रण गरेको छ ।
​यस किसिमको अभिव्यक्ति दिने खगेन्द्र सुनार र उनी संलग्न रहेको संस्था दुवैलाई यस घटनामा समान रूपमा जिम्मेवार ठहर्‍याउँदै संघले अविलम्ब गल्ती स्वीकार गरी सनातनी समाजसँग सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ । सामाजिक एकता र धार्मिक सहिष्णुता कायम राख्नका लागि आफ्ना अभिव्यक्तिहरू सच्याउँदै क्षमायाचना गर्नुको विकल्प नभएको विज्ञप्तिमा उल्लेख छ ।
​समितिले चेतावनी दिँदै भनेको छ, “यदि तत्काल गल्ती स्वीकार गरी माफी मागिँदैन भने हाम्रो धर्म र संस्कृतिको रक्षार्थ यो समिति कानुनी उपचार र थप सशक्त आन्दोलनका कदमहरू चाल्न बाध्य हुनेछ।” साथै, समाजमा वैमनस्यता फैलाउने यस्ता तत्वहरूलाई कडा निगरानीमा राखी कानुनी कठघरामा उभ्याउन संघले नेपाल सरकार र स्थानीय प्रशासनसँग जोडदार माग समेत गरेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?