मतदातालाई निरास नबनाउने उम्मेदवार बिष्णु “मुस्कान” को प्रतिबद्धता

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिष्णु प्रसाद खनाल “मुस्कान” ले आफूलाई विश्वास गरेर मत दिने मतदातालाई निरास नबनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस मालारानी गाउँपालिका समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार मुस्कानले जनताको अपेक्षा र विश्वासलाई सम्मान गर्दै जिम्मेवारीपूर्ण ढंगले काम गर्ने बताएका हुन् । उनले भने, “मलाई मतदान गर्नुस्, तपाईँहरूले ममाथि राख्नुभएको भरोसा मेरो लागि ठूलो जिम्मेवारी हुनेछ । म जनताको विश्वासमाथि कहिल्यै आँच आउन दिनेछैन, र मेरा मतदाताको शिर झुक्न नदिने गरी काम गर्नेछु ।”

कार्यक्रममा उनले आफू सधैं जनताको बीचमा रहेर जिल्लाको विकास, सुशासन र जनजीविकासँग जोडिएका विषयमा प्राथमिकता दिने उल्लेख गरे । मतदाताको सुझाव र आवश्यकतालाई नीतिगत तहसम्म पुर्‍याएर कार्यान्वयनका लागि पहल गर्ने उनको भनाइ थियो ।

उम्मेदवार मुस्कानले जनतासँग गरेको प्रतिबद्धता व्यवहारमा उतार्ने अठोट व्यक्त गर्दै आसन्न निर्वाचनमा सहयोग र समर्थन गर्न आग्रह समेत गरे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?