आफ्नै पार्टीमा बस्नुस्, तर भोट रुखमै हाल्नुस् : बिष्णु मुस्कान

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीका उम्मेदवार विष्णु प्रसाद खनालले दलभन्दा माथि उठेर विकासका लागि रुख चिन्हमा मतदान गर्न सबैलाई आग्रह गर्नुभयो।
  • उहाँले आफू सबैको साझा उम्मेदवार रहेको भन्दै जिल्लाको शिक्षा, स्वास्थ्य र रोजगारीमा एकीकृत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।
  • निर्वाचनलाई लोकतन्त्रको उत्सव र जिल्लाको भविष्य तय गर्ने अवसरका रूपमा लिन उहाँले मतदातालाई अपिल गर्नुभयो।

अर्घाखाँची । नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिष्णु प्रसाद खनाल “मुस्कान” ले राजनीतिक सहिष्णुता र सहकार्यको सन्देश दिँदै फरक दलका कार्यकर्तालाई पनि रुख चिन्हमा मत दिन आह्वान गरेका छन्।

अर्घाखाँची गुल्मी मैत्री समाजको आयोजीत भेटघाट कार्यक्रमका क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,“तपाईंहरू आफ्नै पार्टीमा बस्नुस्, आफ्नो विचार राख्नुस्, तर यसपटक विकास र स्थायित्वका लागि भोट रुखमा हाल्नुस्।”

मुस्कानले आफू सबै दल र विचारका नागरिकको साझा उम्मेदवार भएको दाबी गर्दै जिल्लाको समग्र विकासका लागि दलभन्दा माथि उठेर सोच्न आग्रह गरे। उनका अनुसार अर्घाखाँचीको सडक, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीको सवालमा एकीकृत पहल आवश्यक रहेको भन्दै अबको निर्वाचन विकास रोज्ने अवसर भएको बताए।

उनले थपे,“म कसैको विरोध गरेर होइन, सबैलाई साथमा लिएर अघि बढ्न चाहन्छु। जिल्लावासीको शिर झुक्न नदिने प्रतिबद्धता मेरो छ।”

मुस्कानले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिँदै मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन्। उनले भने, “यो निर्वाचन केवल पार्टीको जित-हार होइन, अर्घाखाँचीको भविष्यको बाटो तय गर्ने अवसर हो।”

अर्घाखाँचीमा चुनावी माहोल तातिँदै जाँदा मुस्कानको यस्तो सन्देशले राजनीतिक वृत्तमा नयाँ बहस सुरु गरेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?