बाँदर र बँदेल नियन्त्रणका लागि नीति बनाउँनेछु, समाधान लिएर आउँछु : उम्मेदवार मुस्कान

अर्घाखाँची । नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिष्णु प्रसाद खनाल “मुस्कान” ले कृषकलाई सताइरहेको बाँदर र बँदेलको समस्या समाधानका लागि संसददेखि सरकारसम्म जोडदार आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली कांग्रेस पाणिनिले आयोजना गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा बोल्दै उनले भने, “बाँदर र बँदेलका कारण किसानको मेहनत बालुवामा पानी झैं भइरहेको छ। म यस विषयमा स्पष्ट नीति बनाउन र प्रभावकारी समाधान ल्याउन संसदमा सशक्त आवाज उठाउने छु।”

मुस्कानले खेतीयोग्य जमिन बाँझो बस्ने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै वन्यजन्तु नियन्त्रण, क्षतिपूर्ति व्यवस्था र दीर्घकालीन व्यवस्थापन योजनाको आवश्यकता औंल्याए। “किसानको पसिना सुरक्षित नहुँदा देशको अर्थतन्त्र बलियो हुन सक्दैन,” उनले जोड दिए।

उनका अनुसार स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर व्यवहारिक नीति निर्माण गरिनुपर्ने आवश्यकता छ। उनले प्रभावित क्षेत्रमा प्राविधिक अध्ययन, तारबार, नियन्त्रण कार्यक्रम तथा राहत–क्षतिपूर्ति प्रणाली प्रभावकारी बनाउने पहल गर्ने बताए।

स्थानीय कृषकहरूले वर्षौंदेखि झेल्दै आएको समस्यामा स्पष्ट प्रतिबद्धता व्यक्त गरेको भन्दै मुस्कानप्रति आशा व्यक्त गरेका छन्। चुनावी मैदानमा रहेका मुस्कानले कृषकको उत्पादन र सम्मान जोगाउन आफू दृढ रहेको सन्देश दिएका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?