कांग्रेस जन्मजात सदस्य कमानसिंह घिमिरे क्षेत्रीको तर्फबाट सभापति थापालाइ खुल्ला पत्र

आदरणीय सभापति ज्यु,
जय नेपाल

भाद्र २३ र २४ गते देखिएको जेन्जी आन्दोलनका दृश्यहरूले हरेक संवेदनशील नेपालीको मुटु चिरिदिएको छ। सञ्चारमाध्यममा देखिएको आलो रगत, जलिरहेको देशको चित्र र अबोध बालबालिकामाथि भएको निर्मम दमनले हामीलाई गहिरो पीडा दिएको छ। सरकारमा मुटु भएका मान्छेहरू हुन्थे भने निहत्था युवाहरूलाई ताकीताकी गोली हान्ने र त्यसलाई ‘घुसपैठ’को नाम दिएर बचाउ गर्ने दुस्साहस हुने थिएन।

आफू सुरक्षित कोठामा बसेर आन्दोलनलाई होच्याउने, पीडितका आवाजलाई अवमूल्यन गर्ने प्रवृत्ति लोकतन्त्रको अपमान हो। ती अबोधहरूको रगतले न्याय मागिरहेको छ। दोषी जोसुकै भए पनि निष्पक्ष छानबिन र कानुनी कारबाही हुनुपर्छ, यही लोकतान्त्रिक मूल्य हो, यही बी.पी. कोइराला ले देखाउनुभएको मार्ग हो।

सभापति ज्यु,
जनतालाई वर्षौंदेखि देखाइएका सपनाहरू घरघरमा ग्यास पाइप, पानी जहाज, रेल यी नाराहरू कागजमा राम्रा देखिए पनि जनजीवनको यथार्थसँग मेल खान सकेनन्। काठमाडौँका जनताले दशकौंसम्म धारामा खानेपानी पाउन सकेका छैनन्, तर हामीले ग्यास पाइप र रेलका सपना बेच्यौं। रेलमा यात्रु कहाँबाट ल्याउनेरु गाउँका बाटाघाटा र कृषि उत्पादनको बजार सुनिश्चित नगरी ठूला परियोजनाको भाषणले जनताको पेट भरिँदैन।

त्यसैगरी, एक लाख बिरुवा रोप्ने घोषणा सुन्न मिठो लाग्छ, तर बढ्दो वन्यजन्तु–मानव द्वन्द्व कसरी न्यून गर्नेरु जिल्लामा बादरको आतंक कसरी नियन्त्रण गर्नेरु विकासको नाममा देखावटी योजना होइन, व्यवहारिक समाधान आजको आवश्यकता हो।

हामी बीपी विचारमा विश्वास गर्ने कांग्रेसजन हौं। ७ सालदेखि ८२ सालसम्म भएका काण्डहरु सुन तस्करी, बलात्कार, भ्रष्टाचार सबैको सत्यतथ्य निष्पक्ष छानबिन हुनुपर्छ। कांग्रेसले आफ्नो इतिहासको गौरव जोगाउन चाहन्छ भने आत्मालोचना र शुद्धीकरणको साहस देखाउनै पर्छ। नातावाद, कृपावाद, स्वास्निवाद, चाकरिवाद र बुबापछि छोराबादले पार्टीको मेरुदण्ड कमजोर बनाएको तीतो यथार्थ हामीले भोगेका छौं।

तपाईं पार्टी सभापति बन्नुभएकोमा म २५ प्रतिशत मात्र खुसी छु । किनकि अब जिम्मेवारी १०० प्रतिशत तपाईंको काँधमा आएको छ। कांग्रेस र सिंगो देशको अभिभारा तपाईंमाथि छ। बीपीको विचार बोकेका विवेकशील कांग्रेसजनलाई एकजुट गर्दै पार्टीलाई नीति, निष्ठा र नैतिकताको बाटोमा फर्काउनुहोस्।

लुम्बिनी गौतम बुद्धको जन्मभूमिमा शान्ति, सुशासन र समृद्धिको कोसेढुङ्गा राख्ने ऐतिहासिक अवसर तपाईंको हातमा छ। अब कांग्रेसले केवल नाराले होइन, कामले विश्वास जित्नुपर्छ।

म तपाईंलाई आलोचना होइन, आशा र अपेक्षाका साथ यो खुल्ला पत्र लेख्दैछु । देश परिवर्तनको बाटो सजिलो छैन, तर सही दिशा, साहसिक निर्णय र निष्पक्ष नेतृत्वले सम्भव छ।

सत्य, न्याय र सुशासनको पक्षमा अडिग रहनुहोस्। कांग्रेसलाई फेरि जनताको भरोसाको केन्द्र बनाउनुहोस्। जय नेपाल ।

दृढ अपेक्षासहित,
कमानसिंह घिमिरे क्षेत्री, नेपाली कांग्रेसको एक जन्मजात  सदस्य

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?