अर्घाखाँची: नेकपासहित १२ उम्मेदवारको जमानत जफत

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँची प्रतिनिधिसभा निर्वाचन २०८२ मा धेरै उम्मेदवारको जमानत जफत भयो।
  • निर्वाचन ऐनअनुसार कुल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ, अर्घाखाँचीमा यो थ्रेसहोल्ड ८,३३० मत थियो।
  • रास्वपाका हरिप्रसाद भुसाल विजयी हुँदा १५ जना उम्मेदवारमध्ये १२ जनाले जमानत गुमाए।

समाचार सुन्नुहाेस्ः

 

अर्घाखाँची । प्रतिनिधिसभा निर्वाचन २०८२ को मत परिणाम सार्वजनिक भएसंगै धेरै उम्मेदवारहरुको जमानत जफत भएको छ ।

निर्वाचन ऐन अनुसार कूल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा विभिन्न दल तथा स्वतन्त्र गरि १५ जनाले उम्मेदवारी दिएका थिए ।

१ लाख ७१ हजार ६ सय ५२ मतदाता रहेकामा ४७ हजार ६ सय ८८ महिला र ३८ हजार ९ सय ८० पुरूष गरि प्रत्यक्षतर्फ ८६ हजार ५ सय २६ मत खसेको थियो । जसमा ८३ हजार ३ सय ६ मत सदर भएको थियो । यो तथ्याङ्क अनुसार ८ हजार ३ सय ३० भन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत भएको छ ।

अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार हरिप्रसाद भुसाल ३५ हजार २३ मतले विजयी हुदा नेकपा एमालेका पिताम्बर भुसालले २२ हजार ६४९ मत र नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल मुस्कानले १८ हजार ९८३ मत प्राप्त गरे भने अन्य १२ उम्मेदवारले जमानत सम्म जोगाउन सकेनन् ।

नेपाली कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार रामबहादुर चौहानले ३ हजार ८४७ मत मात्रै प्राप्त गर्नसके । सोही कारण उनको जमानत जफत भएको छ । यस्तै एक हजार ८०९ मत पाएका राष्ट्रिय जनमोर्चाका पशुपति नाथ ढकाल, ४ सय ५९ मत पाएका नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का खिम बहादुर घर्ती मगर, २ सय ४४ मत पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका झबिन्द्र फुल्लेलको जमानत जफत भयो ।

यस्तै ८ जना उम्मेदवारले त एक सय मत पनि कटाएनन् । ९४ मत पाएका नेशनल रिपब्लिक नेपालका विष्णु बहादुर गाहा, ४४ मत पाएका आम जनता पार्टीका दुर्ग बहादुर भाट क्षेत्री, ४० मत पाएका मंगोल नेशनल अर्गनाइजेसनका सुर्य बहादुर गुरुङ्ग, ४० मत पाएका जनता समाजवादी पार्टीका टुक बहादुर चेवाली, २८ मत पाएका प्रगतिशील लोकतान्त्रिक पार्टीका पुस्कर नाथ आचार्य, २२ मत पाएका स्वतन्त्र उम्मेदवार रवि शाह, २१ मत पाएका स्वतन्त्र उम्मेदवार हिमाल भुसाल र ३ मत पाएका स्वतन्त्र उम्मेदवार पम्फा श्रेष्ठको जमानत जफत भएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?