अर्घाखाँचीमा उम्मेदवारलाई ३० दिनभित्र चुनावी खर्च विवरण बुझाउन निर्वाचन कार्यालयको निर्देशन

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँची जिल्ला निर्वाचन कार्यालयले प्रतिनिधिसभा सदस्य उम्मेदवारहरूलाई खर्च विवरण पेश गर्न निर्देशन दिएको छ।
  • फागुन २२ गते सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएको ३० दिनभित्र कानुनले तोकेको ढाँचामा खर्च बुझाउनुपर्नेछ।
  • उम्मेदवारहरूले खर्च विवरण सार्वजनिक गरी त्यसको प्रमाणसहित कार्यालयमा निवेदन दिन पनि अनुरोध गरिएको छ।

अर्घाखाँची । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत अर्घाखाँची जिल्लाबाट प्रतिस्पर्धा गरेका उम्मेदवारहरूलाई निर्वाचन प्रचार–प्रसार खर्चको विवरण ३० दिनभित्र पेश गर्न निर्देशन दिएको छ।

निर्वाचन कार्यालय एक सूचना जारी गर्दै यही फागुन २२ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवारहरूले आफ्नो निर्वाचन प्रचार–प्रसार खर्चको विवरण कानुनले तोकेको ढाँचामा कार्यालयमा बुझाउनुपर्ने जनाएको हो। सूचनाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा ८० (२) र (३) बमोजिम उम्मेदवारहरूले निर्वाचन परिणाम सार्वजनिक भएको मितिले ३० दिनभित्र अनुसूची–४२ अनुसारको ढाँचामा खर्च विवरण पेश गर्नुपर्ने व्यवस्था रहेको छ।

त्यसैगरी उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च विवरण कुनै माध्यममार्फत सार्वजनिक गरी सोको प्रमाणसहित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन पनि अनुरोध गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?