
- अर्घाखाँचीको पाणिनि गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।
- सन्धिखर्कबाट गुल्मी जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई सडकबाट पाँच सय मिटर तल खसेको छ।
- घाइते चालकलाई उपचारका लागि बुटवल पठाइएको र घटनाको अनुसन्धान भइरहेको छ।
अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।
सन्धिखर्कबाट गुल्मी जाँदै गरेको लु ५ त १५० नम्बरको ट्याक्टर पाणिनि गाउँपालिका–८ पालीको कोलडाँडामा आइतबार बेलुका करिब ७ बजेतिर दुर्घटनामा परेको हो। पाणिनि गाउँपालिका–८ पालीको कोलडाँडास्थीत घुम्ती–पाल्पा सडकखण्डबाट ट्याक्टर अनियन्त्रित भई दुर्गाफाँट–खज्र्याङ सडकमा तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी ट्याक्टर चालक कपिलवस्तुको ओदारी निवासी पञ्चराम चौधरी गम्भीर घाइते भएका छन्। उनको अवस्था गम्भीर रहेको र उपचारका लागि बुटवल पठाइएको पाली प्रहरी चौकीले जानकारी दिएको छ।
प्रहरीका अनुसार ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













