डढेलो नियन्त्रणमा आक्रामक बन्दै डिभिजन वन कार्यालय अर्घाखाँची

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीमा डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयले मिनी दमकल र ड्रोन क्यामरा प्रयोगमा ल्याएको छ।
  • भौगोलिक विकटतालाई ध्यानमा राख्दै १० जनाको अग्नि नियन्त्रण दस्ता र स्थानीय सामुदायिक वनको सहकार्यमा सुरक्षा सतर्कता बढाइएको छ।
  • जनचेतना अभिवृद्धि र निगरानी प्रणालीलाई सुदृढ बनाउँदै वन तथा मानव बस्तीको क्षति न्यूनीकरण गर्ने योजना अघि सारिएको छ।

अर्घाखाँची,  हरेक वर्ष डढेलोको चुनौती सामना गर्दै आएको डिभिजन वन कार्यालय अर्घाखाँचीले यस वर्षदेखि मिनी दमकल प्रयोगमा ल्याएर नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउने योजना अघि सारेको छ ।

आगालागीका घटना तथा धनजनको क्षतिका हिसावले अर्घाखाँची उच्च जोखिममा रहेको जिल्ला अन्र्तरगत पर्नेगर्दछ ।
डिभिजन वन प्रमुख नारायण देव भट्टराईले जिल्लाको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै यस्तो उपकरण भित्र्याइएको र यसले डढेलो नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

वन क्षेत्रमा लाग्ने आगलागीको समयमै पहिचान गर्न कार्यालयले ड्रोन क्यामराबाट निगरानीसमेत सुरु गरेको छ । आकस्मिक आगलागी भएमा स्थान पहिचान गरी तत्काल दमकल र अग्नि नियन्त्रण दस्ता परिचालन गरिने बताइएको छ । कार्यालयले १० जनाको अग्नि नियन्त्रण दस्ता गठन गरी नियमित रूपमा तयारी अवस्थामा राखेको छ भने जिल्लाका झन्डै तीन दर्जन सामुदायिक वनले पनि आफ्नै दस्ता परिचालन गरेका छन् । वन तथा बस्तीमा हुने आगनजीमा कमी तथा धनजनको क्षती कम गर्ने हेतुले सामुदायिक तथा राष्ट्यि वन क्षेत्रमा पोखरी निर्माण लाई समेत तिव्रता दिइएको छ ।

डिभिजन वन कार्यालयका अनुसार विगतका वर्षमा डढेलोका कारण वन सम्पदा, जैविक विविधता, वन्यजन्तुको बासस्थान तथा मानव बस्तीमा ठूलो क्षति पुग्दै आएको थियो । तर आगामी दिनमा जनचेतना अभिवृद्धि, प्रचारप्रसार तथा निगरानी प्रणालीलाई सुदृढ बनाइएपछि डढेलोका घटनामा केही कमी आउने अपेक्षा गरीएको छ ।

डिभिजन वन कार्यालयका प्रवक्ता वरिष्ठ वन अधिकृत केशव खड्काका अनुसार चैत लागेसँगै जिल्लाका करिब चार सय सामुदायिक, सरकारी तथा बस्ती नजिकका वन क्षेत्रमा आगलागीको जोखिम बढ्ने भएकाले तत्काल प्रतिक्रिया दिन सक्ने गरी २५ सय लिटर क्षमताको मिनी दमकल खरिद गरिएको हो । उहाका अनुसार पहाडी भूगोल र साँघुरा सडकका कारण ठुला दमकल पुग्न नसक्ने स्थानमा पनि मिनी दमकल सहज रूपमा सञ्चालन गर्न सकिनेछ । अर्घाखाँचीका ६१ वडाका एक हजारभन्दा बढी सम्भावित जोखिम क्षेत्रमा पुगेर आगो नियन्त्रण गर्न सक्ने क्षमता भएको उक्त दमकलले प्रारम्भिक चरणमै आगलागी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यसअघि सन्धिखर्क नगरपालिकाको एउटै दमकलले जिल्लाभर सेवा दिँदै आएको थियो । गर्मी याममा एकैपटक विभिन्न स्थानमा आगलागी हुँदा एउटै दमकल सबै ठाउँमा समयमै पुग्न नसक्ने समस्या रहँदै आएको अवस्थामा मिनी दमकलको प्रयोगले उक्त समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

डिभिजन वन कार्यालयले वन डढेलो नियन्त्रणका लागि जनचेतना कार्यक्रम, स्थानीय तहसँग सहकार्य र निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ ।

कार्यलयले जनचेतना जगाउन डढेलो नियन्त्रण सम्बन्धि टिकटक प्रतियोगीता समेत आयोजना गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?