
- अर्घाखाँचीका १४ वटै एसईई परीक्षा केन्द्रमा कापी जाँच्ने कार्य सुरु भएको छ।
- विज्ञ शिक्षकद्वारा तीन दिनभित्र कापी जाँचेर नतिजा पठाउने व्यवस्था मिलाइएको छ।
- परीक्षा केन्द्रहरूमा सीसी क्यामेरा र प्रहरी परिचालन गरी सुरक्षा कडा पारिएको छ।
अर्घाखाँची , अर्घाखाँचीमा एसईई परीक्षाका १४ वटा केन्द्रमै कापी जाँच सुरु भएको छ ।
विश्व मावि ढाकावाङ र सरस्वती मावि सूर्यथुम केन्द्रमा आन्तरिक व्यवस्थापन पूरा नभएकाले बिहिवार कापि जाँच नभएको भएतापनी शुक्रबारदेखि कापी जाँच सुचारु भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विष्णुप्रसाद बेल्वासेले बताउनुभयो ।
तीन दिनभित्र जाँचेर कापी प्रहरी र नम्बर इकाइमा पठाउनेछन् । बिहीबार देखि सुरु भएको एस इई परीक्षामा विज्ञ शिक्षकबाट नै कापी जाँच भइरहेको उहाले बताउनुभयो । जिल्लाका सबै केन्द्रमा बिहीबार र शुक्रवारको परीक्षा शान्तिपूर्ण भएको छ । केही स्कुलमा सीसी क्यामराबाट निगरानी राखिएको छ ।
सन्धिखर्क नगरपालिका वडा नं.२ मा रहेको जनज्योती मा.वि का प्रधानाध्यापक माधवप्रसाद आचार्यले आफ्नो कार्यकक्षबाट सीसी क्यामरा राखेर अर्को कोठामा दुई जना शिक्षकले कापी जाँच गरेको आफुले निगरानी गरको बताउनुभयोे ।
कक्षाकोठाको ढोकामा एक जना सशस्त्र र एक जना जनपद प्रहरीले सुरक्षा दिइरहेका छन् । स्कुल प्रांगणमा अरु शिक्षक र बाहिरी मान्छेलाई प्रवेश निषेध गरिएको छ ।













