
- नेपाली ज्योतिषी शिवलाल पौडेल भारतको पटनामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा पराशर अवार्डबाट सम्मानित भएका छन्।
- वाल्मीकि विद्यापीठबाट आचार्य गरेका पौडेल नेपाल ज्योतिष परिषद्का केन्द्रीय सचिव हुन्।
- सम्मान पाएपछि उनले ज्योतिषशास्त्रको अध्ययन र संरक्षणमा आफू अझ सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन्।
पटना, भारत । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका सचिव समेत रहेका युवा ज्योतिषी शिवलाल पौडेल भारतको पटनामा आयोजित अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र-सम्मेलन २०८२ को अवसरमा पराशर अवार्ड २०८२ बाट सम्मानित भएका छन् ।
।
अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका वडा नम्बर ०६ धातिवाङ्ग स्थायी निवास भै हाल काठमाडौँमा बस्दै आएका पौडेल नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठबाट फलित ज्योतिष विषयमा स्नातकोत्तर आचार्य तह उत्तीर्ण गरेका छन् ।
नेपालमा ज्योतिषी संघसंस्थाहरुमाझ निकै नै लोकप्रीय पौडेल नेपाल ज्योतिष परिषद् अर्घाखाँचीको सदस्य, संगठन सचिव, लुम्बिनी प्रदेश पार्षद सदस्य, केन्द्रीय पार्षद सदस्य, केन्द्रीय सदस्य, प्रवक्ता हुँदै अहिले सचिव पदको जिम्मेवारीमा छन् ।
उनले सम्मान ग्रहण गरेपछि पौडेलले आगामी दिनमा ज्योतिषशास्त्रको अध्ययन अनुसन्धान संरक्षण र प्रचारप्रसारमा थप जिम्मेवारी थपिएको महसुस भएको बताएका छन् ।













