पाणिनि गाउँपालिकामा बाख्रालाई निःशुल्क पिपिआर खोप अभियान सुरु

समाचार सारांश
Auto Generated by AI
  • पाणिनि गाउँपालिकाले बाख्रामा लाग्ने घातक पिपिआर रोग विरुद्ध निःशुल्क खोप अभियान सुरु गरेको छ।
  • आर्थिक क्षति कम गर्न वैशाख ३ गतेबाट सबै ८ वटै वडामा प्राविधिक परिचालन गरी खोप लगाइँदै छ।
  • उच्च मृत्युदर हुने यो रोग नियन्त्रण गर्न थालिएको अभियानले कृषकहरूलाई ठूलो राहत मिल्ने विश्वास छ।

अर्घाखाँची । पाणिनि गाउँपालिकाले बाख्रामा लाग्ने घातक महामारी पिपिआर रोग नियन्त्रणका लागि गाउँपालिकाव्यापी निःशुल्क खोप अभियान सुरु गरेको छ।

गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार बैशाख ३ गतेबाट सबै वडाहरूमा एकैसाथ यो अभियान थालिएको हो। बाख्राको हैजा भनेर चिनिने पिपिआर रोगका कारण बर्सेनि कृषकहरूले ठुलो आर्थिक क्षति बेहोर्नु पर्ने समस्या समाधानको लागि गाउँपालिकाले यसलाई प्राथमिकतामा राखेर खोप अभियान चलाएको हो।

अभियान अन्तर्गत गाउँपालिकाका ८ वटै वडाका टोलटोलमा पशु स्वास्थ्य प्राविधिकहरू परिचालन गरि बाख्रामा खोप लगाउने कार्य तीव्र रूपमा अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ ।

पिपिआर रोग बाख्रामा छिट्टै फैलिने र उच्च मृत्युदर हुने भएकाले समयमै खोप लगाउनु अत्यन्त आवश्यक मानिन्छ । यस अभियानबाट गाउँपालिकाभित्रका कृषकहरूलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?