छत्रकोटमा आरम्भ चौतारीको शैक्षिक सहयोग : आत्मबोध माविका बालबालिकालाई कापी वितरण

समाचार सारांश
Auto Generated by AI
  • गुल्मीको आत्मबोध माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
  • आरम्भ चौतारी लघुवित्तले नर्सरीदेखि कक्षा ५ सम्मका बालबालिकालाई कापी प्रदान गरेको हो।
  • यस्ता कार्यले विद्यार्थीमा अध्ययनप्रति उत्साह जगाई शिक्षा क्षेत्रमा सकारात्मक सन्देश दिने विश्वास गरिएको छ।

गुल्मी । छत्रकोट गाउँपालिका–५ मान्कोटस्थित आत्मबोध माध्यमिक विद्यालयका विद्यार्थिहरुलाई शैक्षिक सामाग्रि कापी वितरण गरिएको छ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय छत्रकोटको आयोजनामा नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीस्वरूप कापी वितरण गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य हरि प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनुगमन कार्यालय अर्गलीका अनुगमन अधिकृत ऋषिराम सापकोटा प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी शाखा कार्यालय छत्रकोटका शाखा प्रमुख कृष्ण प्रसाद बेल्वासे, अभिभावक संघका प्रतिनिधि पूर्णबहादुर बुचा लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक राम हरि पाण्डे ले स्वागत मन्तव्य व्यक्त गर्दै यस्ता सहयोगात्मक कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह जगाउने विश्वास व्यक्त गरे।

शैक्षिक सामग्री वितरण कार्यक्रमले साना विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ। स्थानीय तहमा सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यस्तो कार्यक्रमले शिक्षाक्षेत्रमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?