प्राकृतिक चिकित्साको विकास र विस्तारमा जोड दिन मुख्यमन्त्री आचार्यको आग्रह

समाचार सारांश
Auto Generated by AI
  • लुम्बिनीका मुख्यमन्त्री आचार्यले योग र प्राकृतिक चिकित्सालाई मुख्य उपचार पद्धतिका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।
  • प्रदेश सरकारले यस विधिलाई नीति तथा कार्यक्रममा समावेश गर्दै आरोग्य पर्यटनको विकासलाई राष्ट्रिय एजेन्डा बनाएको छ।
  • योग र प्राकृतिक चिकित्साको महत्त्व बढाउन जनचेतनामूलक अभियान सञ्चालन गरी नेपाललाई आरोग्य पर्यटनको केन्द्र बनाउने लक्ष्य राखिएको छ।

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योग तथा प्राकृतिक चिकित्सालाई मुख्यधारको चिकित्सा पद्धतिका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन ।

सामुदायिक प्राकृतिक चिकित्सालय रजहरका महाप्रबन्धक तथा संकल्पकर्ता हरि सापकोटा सहितको टोलीसँगको भेटमा मुख्यमन्त्री आचार्यले यस्तो धारणा व्यक्त गरेका हुन । भेटका क्रममा दुवै पक्ष यसै विधिबाट नयाँ जीवन पाउन सफल व्यक्तिहरू भएकाले यसको विकास र विस्तारतर्फ लाग्नु कर्तव्य भएको निष्कर्ष निकालिएको थियो । मुख्यमन्त्री आचार्यले नेपालको मौलिक तथा पूर्वीय दर्शनमा आधारित योग र प्राकृतिक चिकित्साको विकास सरकारको प्राथमिकतामा पर्न थालेको बताए ।

उनका अनुसार लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा समेत यसको आवश्यकता, विकास र विस्तारका विषय समावेश भइसकेका छन् । साथै सातै प्रदेशको ध्यानाकर्षण गराउँदै यस क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो ।

छलफलमा योग र प्राकृतिक चिकित्सा वैकल्पिक नभई मुख्यधारको पहिलो रोजाइको उपचार पद्धति बनाउन जनचेतनामूलक कार्यक्रम उत्पादन तथा प्रसारणलाई अभियानका रूपमा अघि बढाउनुपर्ने विषयमा समेत केन्द्रीत छलफल भएको थियो ।

नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घबाट अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने प्रस्ताव पारित हुनु नेपालका मौलिक र पूर्वीय दर्शनमा आधारित योग तथा प्राकृतिक चिकित्साको अन्तर्राष्ट्रिय मान्यता र महत्व बढेको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरिएको छ ।

यसै सन्दर्भमा नेपाललाई आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्ने, १५ दिनभित्र आरोग्य पर्यटन रणनीति सार्वजनिक गर्ने तथा आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाका रूपमा अघि बढाउने सरकारी निर्णयले यस क्षेत्रको विकास, विस्तार र संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।

सोही क्रममा टोलीले प्रमुख सचिव, स्वास्थ्य सचिव, अर्थ सचिव, सामाजिक विकास सचिव तथा प्रदेश योजना आयोगसँग समेत छलफल तथा अन्तरक्रिया गरेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?