पाणिनी बस दुर्घटना अपडेट : दुईको मृत्यु, २८ भन्दा बढी घाइते

समाचार सारांश
Auto Generated by AI
  • अर्घाखाँचीको पाणिनीमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
  • दुर्घटनामा २८ जनाभन्दा बढी घाइते भएका छन् जसलाई उपचारका लागि अस्पताल पठाइएको छ।
  • बस सडकबाट ४०० मिटर तल खसेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने २८ जनाभन्दा बढी घाइते भएका छन्। सन्धिखर्क–पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी गाउँपालिका–८ कुरुलेफाँट नजिक सुपा देउराली मन्दिर दर्शन गरेर पर्वत फर्किंदै गरेको पर्वतको ध १ ख ५०४ नम्बरको बस दुर्घटनामा परेको हो।।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवश बहादुर जिसीका अनुसार बसमा ३० जनाभन्दा बढी यात्रु सवार थिए। दुर्घटनामा मृत्यु हुने दुवै जनाको ठेगाना पर्वतको मोदी गाउँपालिका भए पनि उनीहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

बस सडकबाट करिब ४०० मिटर तल जंगलमा खस्दा धेरै यात्रु घाइते भएका हुन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि पाल्पा र सन्धिखर्कस्थित विभिन्न अस्पतालहरूमा पठाइएको छ।

घटनालगत्तै स्थानीयवासी, प्रहरी र उद्धार टोलीले घाइतेहरूको उद्धार गरेका थिए। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?