पाणिनि गाउँपालिका : कम बेरुजु हुने पालिकामा लुम्बिनी प्रदेशकै दोस्रो, अर्घाखाँचीमा प्रथम

समाचार सारांश
Auto Generated by AI
  • पाणिनि गाउँपालिका देशभरमा कम बेरुजु हुने स्थानीय तहमध्ये नवौँ स्थानमा परेको छ।
  • पालिकाको बेरुजु ०.०३ प्रतिशत मात्र रहेकाले अर्घाखाँचीमा पहिलो स्थान हासिल गरेको छ।
  • आर्थिक अनुशासन र योजनाबद्ध खर्च प्रणालीका कारण यो सफलता प्राप्त भएको अध्यक्षले बताएका छन्।

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिका देशभरमा कम बेरुजु हुने स्थानीय तहमध्ये नवौँ स्थानमा परेका छ । साथै लुम्बिनी प्रदेशमै सबैभन्दा कम बेरुजु हुने स्थानीय तहमध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ भने अर्घाखाँचीमा प्रथम भएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार पाणिनि गाउँपालिकाको बेरुजु ०.०३ प्रतिशत रहेको छ । १ अर्व ५४ करोड ८९ लाख ८२ हजारको लेखा परिक्षण गरिएकोमा पाणिनि गाउँपालिकाको बेरुजु ४ लाख ८२ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूको सामूहिक प्रयास, योजनाबद्ध खर्च प्रणाली र आर्थिक कार्यविधिको पूर्ण पालनाका कारण यो नतिजा सम्भव भएको गाउँपालिका अध्यक्ष टेकराज न्याैपानेले बताए ।

अर्घाखाँचीका अन्य स्थानीय तहको तुलनामा सन्धिखर्क नगरपािलकाको बेरूजु सबैभन्दा धेरै देखिएको छ । सन्धिखर्क नगरपालिकाको बेरुजु ०.५१ प्रतिशत रहेको छ भने शितगंगा नगरपालिकाको बेरुजु ०.४१ प्रतिशत, भूमिकास्थान नगरपालिकाको ०.१२ प्रतिशत, मालारानि गाउँपालिकाको ०.३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

छत्रदेव गाउँपालिकाको ०.१८ प्रतिशत बेरुजु रहेको छ । यो अंक लुम्बिनी प्रदेशका कम बेरुजु हुने स्थानीय तहमध्ये छत्रदेव छैटौँ स्थानमा रहेको छ । यस्तै गुल्मीको धुर्काेट गाउँपालिका सुन्य बेरुजु निकाल्दै लुम्बिनी प्रदेश मै पहिलो बनेको छ । १ अर्व ३८ करोड ६७ लाख ५१ हजारको लेखा परिक्षण गरिएकोमा धुर्काेट गाउँपालिकाको बेरुजु सुन्य रहेको छ ।

लेखा परीक्षणका क्रममा कानुन अनुसार पुर्‍याउनुपर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी ठहर भएको कारोबारलाई बेरुजु भनिन्छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?