गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

समाचार सारांश
Auto Generated by AI
  • सन्धिखर्कलाई दाङसँग जोड्ने गच्छे–भालुवाङ सडक निर्माण सुरु भएको २६ वर्षपछि कालोपत्रे सुरु भएको छ।
  • यो सडक बनेपछि अर्घाखाँची, गुल्मी र पाल्पाबाट प्रदेश राजधानी पुग्ने समय आधा घट्नेछ।
  • स्थानीयले कामलाई थप तीव्र र गुणस्तरीय बनाउँदै समयमै सम्पन्न गर्न सरकारसँग माग गरेका छन्।

 

अर्घाखाँची,

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कलाई दाङ लगायतका पश्चिमी जिल्लासंग छोटो दूरीमार्फत जोड्ने लक्ष्यसहित निर्माण थालिएको गच्छे–भालुवाङ सडक निर्माण सुरु भएको २६ बर्षमा कालोपत्रे गर्ने कामको थालनी गरीएको छ ।

सदरमुकाम सन्धिखर्क देखि करीब ६४ किलोमिटर लामो यस सडक आयोजना सुरु भएको झण्डै २६ बर्ष बितिसक्दा पनि निर्माण कार्यले अपेक्षित गति लिन सकेको थिएन । हाल गच्छेबजार देखि ढिकुरा–डेभासम्मको करिब ८ किलोमिटर सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको निर्माणको जिम्मा लिएको अमर निर्माण सेवाका सञ्चालक बसन्त भुसालले जानकारी दिनुभएको छ ।
संघिय संरचना पछि लुम्बिनी प्रदेश राजधानी देउखुरी (दाङ) स्थापना पश्चात अझ बढि महत्वकासाथ हेरीएको यो सडकले बिस्तारै गती लिन थालेको स्थानीय लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

यस सडक आयोजना सम्पन्न भएमा अर्घाखाँची लगायत गुल्मी,पाल्पा जिल्लाबाट प्रदेश राजधानी देउखुरी सम्म पुग्न हाल प्रयोग हुँदै आएको गोरुसिङ्गे–भालुवाङ सडकमार्फत लाग्ने समयभन्दा झण्डै आधा समयमै पुग्न सकिने अपेक्षा गरिएको छ । सडकले गुल्मी,पाल्पा, अर्घाखाँची र दाङबीचको आर्थिक, सामाजिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

सडकको विभिन्न खण्डमा अम्मर निर्माण सेवा तथा सागर निर्माण सेवा ले आ–आफ्नो क्षेत्रमा काम अघि बढाइरहेका छन् । तर स्थानीयवासीले निर्माण कार्यलाई थप तीव्र, गुणस्तरीय र समयमै सम्पन्न गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएका छन् ।

स्थानीयका अनुसार वर्षायाममा सडक हिलाम्मे र जोखिमपूर्ण बन्ने समस्या अझै कायम रहेको छ । सडकका लागि पर्याप्त बजेट विनियोजन र प्रभावकारी समन्वय गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?