मास्टर्नीको ‘ताराबाजी लैलै’ गीत विवादमा, सार्वजनिक माफीसँगै युट्युबबाट हटाइयो

समाचार सारांश
Auto Generated by AI
  • ‘मास्टर्नी’ चलचित्रको ‘ताराबाजी लैलै’ गीतमा शिक्षकहरूको अपमान भएको भन्दै व्यापक विरोध भएको छ।
  • शिक्षक समुदायको भावनामा चोट पुगेको गुनासोपछि निर्माण पक्षले उक्त गीत युट्युबबाट हटाएको छ।
  • विवाद चर्किएपछि अभिनेत्री प्रियंका कार्की र गायक दुर्गेश थापाले सार्वजनिक रूपमा माफी मागेका छन्।

काठमाडौं । गायक दुर्गेश थापा र अभिनेत्री प्रियंका कार्की अभिनीत चलचित्र ‘मास्टर्नी’ को प्रचारका लागि सार्वजनिक गरिएको ‘ताराबाजी लैलै’ गीत विवादमा परेपछि युट्युबबाट हटाइएको छ।

गीत सार्वजनिक भएलगत्तै त्यसमा प्रयोग भएका केही शब्द र दृश्यलाई लिएर व्यापक आलोचना भएको थियो। विभिन्न पक्षले उक्त गीतले शिक्षक समुदाय, विशेषगरी महिला शिक्षक तथा शिक्षण पेसाको गरिमामा आँच पुर्‍याएको, अमर्यादित प्रस्तुति दिएको तथा सामाजिक रूपमा नकारात्मक सन्देश प्रवाह गरेको भन्दै आपत्ति जनाएका थिए।

यस विषयमा परेको निवेदनमा पनि ‘ताराबाजी लैलै’ गीतमार्फत शिक्षक समुदायको सम्मानमा ठेस पुग्ने सामग्री समावेश गरिएको आरोप लगाइएको थियो।

विवाद चर्किएपछि अभिनेत्री प्रियंका कार्की र गायक दुर्गेश थापाले सामाजिक सञ्जालमार्फत छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्।

यसअघि नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त गीतले शिक्षक तथा शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको भन्दै गीत हटाउन र आवश्यक सुधार गर्न माग गरेका थिए।

आफ्नो विज्ञप्तिमा अभिनेत्री प्रियंका कार्कीले गीतका केही शब्द र दृश्यका कारण सम्मानित शिक्षक–शिक्षिका तथा शिक्षण पेसासँग सम्बन्धित व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भन्ने गुनासोलाई अत्यन्त गम्भीर रूपमा लिएको उल्लेख गरेकी छन्। उनले कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा शिक्षक समुदायप्रति कुनै पनि प्रकारको नकारात्मक सन्देश दिने उद्देश्य आफू वा निर्माण टोलीको नरहेको स्पष्ट पारेकी छन्।

उनले अन्जानमा प्रस्तुतिले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै व्यक्तिगत रूपमा तथा सम्पूर्ण निर्माण टोलीका तर्फबाट हृदयदेखि नै क्षमायाचना गरेकी छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?