फेरि खस्यो पहिरो, सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अझै ठप्प

समाचार सारांश
Auto Generated by AI
  • ढुङ्ग्रेखोलामा खसेको ठूलो पहिरोका कारण सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अझै अवरुद्ध छ।
  • पहाड नै भासिएर पहिरो थपिएकाले सडक खुलाउन प्राविधिक टोलीको आवश्यकता देखिएको छ।
  • सडक जोखिमपूर्ण भएकाले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन।

पाल्पा–अर्घाखाँची सिमाना नजिक पाणिनि गाउँपालिका क्षेत्रमा पर्ने ढुङ्ग्रेखोला सडकखण्डमा लगातारको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो। गत असार २८ गते सडकमाथिबाट ठूलो ढुङ्गा खसेपछि सडक पूर्ण रूपमा बन्द भएको थियो। खसेको ढुङ्गा अत्यन्त ठूलो भएकाले तत्काल हटाउन नसकिएपछि सडक लामो समयदेखि अवरुद्ध रहँदै आएको छ।

सडक खुलाउने प्रयासस्वरूप पहिरो हटाउने काम तीव्र पारिएको थियो। साउन ३ गतेदेखि कम्तीमा एकतर्फी रूपमा सडक सञ्चालन गर्ने तयारी भइरहेका बेला साउन २ गते राति र ३ गते बिहान पुनः ठूलो पहिरो खस्दा सडक फेरि पूर्ण रूपमा बन्द भएको पाणिनि गाउँपालिका–२ का वडा अध्यक्ष चन्द्रकान्त पौडेलले समाचारपोष्टलाई जानकारी दिए।

उनका अनुसार यसपटक पहाड नै भासिएर सडक पुरिएकाले पहिरो हटाउने काम थप जटिल बनेको छ। “यो ढुङ्ग्रेखोलामा गएको पहिरो हटाउन निकै समस्या पर्यो। हिजो एकतर्फी बाटो सञ्चालन गर्ने काम अन्तिम चरणमा पुगेको थियो, तर आज फेरि पहाडै खसेर झन् ठूलो समस्या सिर्जना भयो।” वडा अध्यक्ष पौडेलले भने, “अब जिल्लाबाट विशेष प्राविधिक टोली नै आउनुपर्ने अवस्था देखियो।”

वडा अध्यक्ष पौडेलले पानी परिरहेको र पहिरो अझै सक्रिय रहेकाले सडक क्षेत्रमा यात्रा गर्न अत्यन्त जोखिमपूर्ण भएको बताए। उनले सवारीसाधन मात्र नभई पैदल यात्रुलाई समेत उक्त सडक प्रयोग नगर्न प्रशासनले रोक लगाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

यात्रु तथा सवारी चालकलाई जोखिम नलिन, प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न तथा अर्को सूचना जारी नभएसम्म बैकल्पिक मार्ग प्रयोग गर्न वडा अध्यक्ष पौडेलले अनुरोध गरेका छन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?