
- कपिलवस्तुको शुद्धोधनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
- दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा अस्पतालमा निधन भयो।
- प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
कपिलवस्तु । कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
तौलिहवा–भैरहवा सडकखण्डअन्तर्गत शुद्धोधन गाउँपालिका–६ स्थित बिमिहा चोक नजिकै शनिबार राति दुर्घटना भएको हो।
प्रहरीका अनुसार तौलिहवादेखि भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका यशोधरा गाउँपालिका–२, पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइको उपचारका क्रममा कपिलवस्तु अस्पताल, तौलिहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













