
- अर्घाखाँची ट्राफिक प्रहरीले गत वर्ष ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार १ सय ४३ सवारी साधनलाई कारबाही गरी ४६ लाख २९ हजार राजस्व संकलन गरेको छ।
- कारबाहीमा पर्ने सवारी साधनहरूमध्ये ट्रकको संख्या सबैभन्दा बढी छ भने राजस्व संकलनमा पनि ट्रकको योगदान मुख्य रहेको छ।
- ट्राफिक प्रहरीले कारबाहीसँगै सचेतनामूलक अभियान सञ्चालन गरेपछि जिल्लामा सवारी दुर्घटनाको संख्यामा क्रमशः कमी आउन थालेको छ।
अर्घाखाँची,
जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले एक वर्षमा ४६ लाख राजस्व संकलन गरेको छ । ट्राफिक प्रहरी कार्यालयले सवारी कार्वाहीमा ४६ लाख २९ हजार राजस्व संकलन गरेको हो ।
गत आर्थिक वर्ष २०८२÷०८३ मा ट्रक, बस, जिप–कार, ट्याक्टर, मोटरसाइकल तथा अन्य गरी जम्मा ३ हजार १ सय ४३ सवारी साधन ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा कार्वाहीमा परेका थिए ।
कार्वाहीमा कुल ४६ लाख २९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार सबैभन्दा धेरै ट्रक कार्वाहीमा परेका छन् । १ हजार ६ सय २३ ट्रक कार्वाहीमा २९ लाख ४७ हजार ५ सय रुपैया राजस्व संकलन भएको हो ।
त्यसैगरी जिप–कार ७ सय ७३ कार्वाहीमा ८ लाख ५२ हजार ५ सय ,मोटरसाइकल ४ सय ६९ कार्वाहीमा ४ लाख ७९ हजार , बस १ सय ६९ कार्वाहीमा २ लाख ५५ हजार , ट्याक्टर ८५ कार्वाहीमा ७० हजार रुपैयाँ तथा अन्य २४ वटा सवारी कार्वाहीमा २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लिलबहादुर कुँवरले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले कार्वाहीसँगै ट्राफिक सचेतना अभियानलाई समेत प्राथमिकतामा राख्दै आएको छ ।
जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी, सवारी चालक, सहचालक तथा सर्वसाधारण नागरिकलाई लक्षित गरी नियमित रूपमा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।
कार्यालयको सक्रिय अनुगमन, नियमित चेकजाँच तथा ट्राफिक नियमको कडाइका साथ कार्यान्वयनका कारण जिल्लामा सवारी दुर्घटनाको सङ्ख्यामा क्रमशः कमी आउन थालेको कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद मरासिनीले बताउनुभयो ।
आगामी दिनमा विद्यालय केन्द्रित सचेतना कार्यक्रम, चालक अभिमुखीकरण तथा सडक सुरक्षा अभियानलाई अझ व्यवस्थित गरेर अगाडि बढ्ने उहाँको भनाइ छ ।
चालकहरूमा हेल्मेट, सिटबेल्ट, आवश्यक कागजात, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने लगायतका विषयमा सचेतना बढ्दै गएको मरासिनीको भनाइ













