कपिलवस्तुमा मोहम्मद जयन्तीको अवसरमा वृहत रक्तदान तथा निःशुल्क आँखा शिविर

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुमा १५०१औँ मोहम्मद जयन्तीको अवसरमा निःशुल्क आँखा शिविर र रक्तदान कार्यक्रम सम्पन्न भयो।
  • जमात–ए–इस्लामी केन्द्र र जामा मस्जिदको आयोजनामा भएको उक्त शिविरमा स्थानीयले स्वास्थ्य सेवा लिएका छन्।
  • धार्मिक पर्वलाई सामाजिक सेवासँग जोड्दै यस कार्यक्रमले मानव सेवा र आपसी सद्भावको सन्देश दिएको छ।

कपिलवस्तु । ‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ १५०१औँ मोहम्मद जयन्तीको पूर्वसन्ध्यामा कपिलवस्तु नगरपालिका–१ स्थित जामा मस्जिदमा वृहत निःशुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

जमात–ए–इस्लामी केन्द्र तथा जामा मस्जिद अहले सुन्नत समितिको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल नेत्र ज्योति संघ, तौलिहवा अस्पताल र नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेका थिए।

कार्यक्रममा कपिलवस्तु नगरपालिका–१ का वडा अध्यक्ष जाहिद खाँ, जामा मस्जिद अहले सुन्नत समितिका अध्यक्ष अधिवक्ता राउफ अहमद खाँलगायत स्थानीय युवा, समाजसेवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

आयोजकका अनुसार कार्यक्रममा सहभागीहरूले रक्तदान गर्नुका साथै निःशुल्क आँखा परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्शसमेत लिएका थिए। धार्मिक पर्वलाई सामाजिक सेवासँग जोड्दै आयोजना गरिएको कार्यक्रमले समुदायमा मानव सेवा र आपसी सद्भावको सन्देश दिएको आयोजकको भनाइ छ।

इस्लाम धर्मावलम्बीहरूले मोहम्मद जयन्तीलाई पैगम्बर हजरत मोहम्मदको जन्मदिनको सम्झनामा मनाउने गर्छन्। इस्लामिक परम्परामा हजरत मोहम्मदलाई अन्तिम पैगम्बरका रूपमा सम्मान गरिन्छ। उहाँले मानवता, शान्ति, समानता, दया, सदाचार र आपसी भाइचाराको सन्देश दिनुभएको मुस्लिम समुदायको विश्वास छ।

मोहम्मद जयन्तीका अवसरमा धार्मिक कार्यक्रमसँगै रक्तदान, स्वास्थ्य शिविर, गरिब तथा विपन्नलाई सहयोगलगायत सामाजिक सेवाका कार्यक्रमसमेत आयोजना गर्ने गरिएको छ।

कपिलवस्तुमा आयोजित रक्तदान तथा आँखा शिविरले धार्मिक आस्थासँगै सामाजिक उत्तरदायित्व, मानव सेवा र आपसी सद्भावको सन्देश दिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?