रसुवा बाढीपीडितका लागि कपिलवस्तु मुस्लिम समाजमार्फत रु. ५८,५०० राहत सहयोग

समाचार सारांश
Auto Generated by AI
  • रसुवाको बाढीपीडितका लागि तौलिहवा मुस्लिम समाजले ५८ हजार ५ सय रुपैयाँ राहत संकलन गरेको छ।
  • संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी भौचर प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको छ।
  • विपद्को समयमा धर्म र समुदायभन्दा माथि उठेर मानवीय सहयोग गर्नुपर्ने सन्देश समाजले दिएको छ।

कपिलवस्तु । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै कपिलवस्तुको तौलिहवा मुस्लिम समाज तथा जामा मस्जिद तौलिहवा समितिको अगुवाइमा रु. ५८ हजार ५ सय राहत रकम संकलन गरिएको छ।

पेश इमाम हजरत अलि हसन निजामी, अध्यक्ष अधिवक्ता राउफ अहमद खाँ तथा कपिलवस्तु–१ का वडाध्यक्ष जाहिद खाँ लगायतको अगुवाइमा स्थानीय मुस्लिम समुदायबाट संकलित उक्त रकम **‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’**मा जम्मा गरिएको हो।

रकम जम्मा गरेपछि त्यसको बैंक भौचर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत सम्बन्धित निकायलाई बुझाइएको जनाइएको छ।

विपद्को यस कठिन घडीमा बाढीपीडित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन मुस्लिम समाज सधैँ प्रतिबद्ध रहने बताइएको छ।

समाजले विपद्को समयमा जात, धर्म र समुदायभन्दा माथि उठेर मानवीय सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?