आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौँ । बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको पूजा गर्ने धार्मिक परम्परा छ।

धार्मिक मान्यताअनुसार कुष्माण्डा देवीको आराधना गर्नाले दुःख र कष्टबाट मुक्ति मिल्नुका साथै शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गर्ने चलन छ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो। चौथो दिन कुष्माण्डा देवीको आराधना गरिन्छ। नवरात्रमा देशभरका शक्तिपीठमा बिहानैदेखि पूजाआजा र दर्शनका लागि भक्तजनको भीड लाग्ने गरेको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?