विवादित न्यायाधीशमाथि सम्भावित महाभियोगबारे रविले गरे सांसदहरूसँग छलफल

समाचार सारांश
Auto Generated by AI
  • रास्वपा सभापति रवि लामिछानेले विवादित न्यायाधीशहरूमाथि कारबाही गर्ने विषयमा पार्टीका कानुन पृष्ठभूमिका सांसदहरूसँग छलफल गरेका छन्।
  • छलफलका क्रममा ती न्यायाधीशहरूमाथि महाभियोग लगाउन सकिने आधार र प्रमाणहरूको पर्याप्तताका बारेमा कुराकानी भएको छ।
  • सांसदहरूको सुझावका आधारमा यस विषयमा थप अध्ययन गरी भोलि पुनः बैठक बसेर आवश्यक निर्णय लिइने भएको छ।

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादमा आएका न्यायाधीशहरूमाथि कारबाही प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा पार्टीका केही सांसदहरूसँग छलफल गरेका छन्।

सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका इनम सापकोटासँग सम्पर्क गरेको भनेर विवादमा तानिएका न्यायाधीशहरूलाई कसरी कारबाही गर्ने भन्ने विषयमा सभापति लामिछानेले पार्टीभित्र कानुन पृष्ठभूमिका सांसदहरूसँग छलफल गरेका हुन्।

ती सांसदहरूलाई रविले शुक्रबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर छलफल गरेका थिए। छलफलमा महाभियोगको सम्भावनाबारे छलफल भएको बैठकमा सहभागी एक सांसदले बताए।

ती सांसदका अनुसार सभापति लामिछानेले महाभियोग लगाउन सकिने आधारबारे छलफलमा सहभागी सांसदहरूलाई सोधेका थिए। ‘महाभियोग लगाउन पर्याप्त आधार र प्रमाण छ कि छैन? कति बलियो छ? भन्ने जिज्ञासा राख्नुभयो,’ उनले भने, ‘छ भने जाऔं, होइन भने पूर्वाग्रहको ढंगबाट कसैविरूद्ध नजाने भन्ने उहाँको भनाइ थियो।’

सांसदहरुले त्यसमा अध्ययन गर्नुपर्ने जबाफ दिएका थिए। ‘थप अध्ययन गरेर आज फेरि बैठक बस्ने भन्ने थियो। आजै सचिवालय बैठक परेकाले त्यो छलफलले निरन्तरता पाउन सकेन,’ ती सांसदले भने।

उनका अनुसार यो विषयमा भोलि पुनः छलफल हुनेछ। ‘सम्भवतः भोलि फेरि बस्छौं। हामीसँग जे-जे प्रमाण छ छलफल गर्छौं,’ उनले भने।

अहिले काठमाडौंमा उपलब्ध सांसदहरू मात्रै छलफलमा सहभागी थिए। उपत्यका बाहिर रहेका सांसदहरूलाई पनि बोलाइएको ती सांसदले जानकारी दिएका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?