एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा भिड्ने

समाचार सारांश
Auto Generated by AI
  • नेपाल प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुँदैछन्।
  • पहिलो खेलमा विराटनगर र जनकपुर प्रतिस्पर्धा गर्नेछन्।
  • दोस्रो खेलमा लुम्बिनी र पोखरा आमनेसामने हुनेछन्।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेल लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुनेछ । आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर र जनकपुर आमने-सामने हुनेछन् ।

अहिलेसम्म तीन खेल खेलेको विराटनगरले एकमा जित र दुई खेलमा हार बेहोरेको छ ।चितवन र कर्णालीसँग हार बेहोरेको विराटनगरले सुदूरपश्चिमसँग भने जित निकालेको थियो ।

जनकपुरले तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको छ । जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो भने काठमाडौं र पोखराविरुद्ध जित निकालेको थियो ।

यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा लुम्बिनी र पोखरा भिड्ने छन् । लुम्बिनी लाइन्सले दुई खेल मध्ये एकमा जित निकालेको छ । सुदूरपश्चिमविरुद्धको पहिलो खेलमा लुम्बिनीले जित निकालेको थियो भने चितवनविरुद्धको दोस्रो खेल वर्षाका कारण खेल रद्द हुँदा बराबरी अंक बाँडेको थियो ।

पोखराले भने आफ्नो दुवै खेल हारेको छ । पोखरा आफ्नो पहिलो खेलमा सुदूरपश्चिम र दोस्रो खेलमा जनकपुर बोल्ट्सँग पराजित भएको थियो । लुम्बिनीविरुद्धको खेलमा पहिलो जित निकाल्ने दाउमा पोखरा छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?