आईजीपी हटाएकोबारे रास्वपा प्रवक्ताले भने- पार्टीले सरकारलाई कुनै व्यक्ति राख वा हटाऊ भनेको छैन

समाचार सारांश
Auto Generated by AI
  • रास्वपाले सरकारलाई कुनै व्यक्तिलाई पदमा राख्न वा हटाउन निर्देशन नदिएको प्रवक्ता खरेलले स्पष्ट पारेका छन्।
  • मन्त्रिपरिषद् बैठकले आईजीपी दानबहादुर कार्कीलाई हटाउँदै एआईजी मनोज कार्कीलाई नयाँ आईजीपी नियुक्त गरेको छ।
  • पत्रकार पक्राउको घटना र आईजीपी फेरबदलको विषयमा सरकारले नै थप स्पष्ट पार्नुपर्ने पार्टीको भनाइ छ।

काठमाडौं । रास्वपाका प्रवक्ता जगदीश खरेलले पार्टीले सरकारलाई कुनै व्यक्तिलाई  पदमा राख वा हटाउ भनेर कुनै निर्देशन र हस्तक्षेप नगरेको बताएका छन् ।

नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएकोबारे  मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले पार्टीको निर्देशनअनुसार कार्कीलाई हटाउने निर्णय भएको बताएका थिए।

तर पार्टी प्रवक्ता जगदीश खरेलले अनलाइनखबरसँग कुरा गर्दै पार्टीले सरकार सञ्चालनमा हस्तक्षेप नगर्ने र कुनै व्यक्ति राख वा हटाऊ भन्ने काम पनि नगर्ने बताएका हुन्।

आजको मन्त्रिपरिषद् बैठकले आईजीपी कार्कीलाई हटाउँदै एआईजी मनोज कार्कीलाई आईजीपी बनाउने निर्णय गरेको हो।

पार्टी प्रवक्ता खरेलले भने, ‘सरकार सञ्चालनमा पार्टीले प्रधानमन्त्रीलाई सहयोग गर्छ। कुनै व्यक्तिलाई हटाऊ वा राख भन्ने काम पार्टीले गर्दैन।’

यस घटनाप्रति पार्टीको प्रारम्भिक भनाइ के हो ? भन्ने प्रश्नमा उनले थपे, ‘पार्टीले कुनै व्यक्तिलाई हटाऊ वा राख भन्ने खालको निर्देशन दिँदा पनि दिँदैन, दिएको पनि छैन। पार्टीको भूमिका यसमा छैन।’

उनले केही दिनअघि समाचारको विषयलाई लिएर पत्रकारहरू पक्राउ परेको घटनामा कारबाही भएको भए पनि सरकारले स्पष्ट भन्नुपर्ने बताए।

उनले सरकारले कार्कीलाई कारबाही नभनी जिम्मेवारी हेरफेर भनेको पनि बताए। ‘पत्रकार पक्राउ परेको घटनालाई लिएर भन्यो भने- कारबाही पनि हैन। पार्टीले कारबाही पत्रकार पक्राउको घटनामा पक्राउ गर्ने व्यक्ति तथा आदेश दिनेलाई गर्नू भनेको हो। सरकारले त्यो घटनामा कारबाही गरेको पनि भनेको छैन। कि पार्टीको निर्देशनमा त्यही घटनामा कारबाही भन्नुपर्‍यो।’

उनले यसबारे सरकारले नै थप स्पष्ट पार्नुपर्ने बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?