अर्घाखाँची । ७ दिनसम्म परेको अबिरल वर्षाको कारण अर्घाखाँचीमा २ सय बढी घरमा क्षेती पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको तथ्याङ्क अनुसार जिल्लाभर पुर्ण र आसिंक गरि २ सय तिन ३ घरमा क्षेति पुगेको हो । यस मध्ये २० ओटाघर बस्नै नमिल्ने गरि पुर्ण क्षती भएको जिल्ला बिपद ब्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए । उनका अनुसार सन्धिखर्क, सितगंगा, मालारानी, छत्रदेब र पाणिनीमा अहिले पनि १ सय ११ घरपरिवार बिद्यालय , र प्रतिक्षलयमा बसेका छन् ।
यस्तै सन्धिखर्कका एकजना बालक खोलाले बगाउदा बेपता भएका छन् भने छत्रदेबमा १ जनाको खोलाले बगाएर मुत्यु भएको छ । केहि कुखुरा र पशुचौपाय समेत मरेका छन ।
पहिरोको जोखिममा परेर सार्वजनिक स्थानमा बसेका नागरिकलाई स्थानियतहले न्युनतम खाद्यान्न उपलब्ध गराउने र बिस्थापितलाई पायक पर्ने ठाउँमा बसाल्ने ठाउँको खोजि गरी छिट्टै व्यबस्थापन गरीने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।













