अर्घाखाँची । अर्घाखाँचीमा करीब दश लाख बराबरका स्त्री जातिका अवैध भैंसी प्रहरीले बरामद गरेको छ ।
बुधबार रातको ११ः ४५ बजेको समयमा सन्धिखर्क नगरपालिका वडा नं.६ नरपानीमा सवारी साधनहरु चेकजाँच गर्दा गैरकानुनी रुपमा अर्घाखाँचीबाट गोरुसिङगे तर्फ लैँजादै गरेका १२ वटा भैसी बरामद गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
प्रहरीका अनुसार लु २ ख २०५ नम्बरको मालवाहक ट्रकमा आवश्यक कागजात विना स्त्री प्रजातिका १२ वटा भैसी सहितको ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी सन्धिखर्क नगरपालिकाको कार्यालय छ ।













