अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडां. १ गुन्टेखोलामा चितुवा देखा परेको प्रहरीले जनाएको छ ।
चितुवा देखिए संगै जिल्ला प्रहरी कार्यालयले एक सूचना जारी गर्दै हिड्दुल नगर्न र सचेत रहन आग्रह गरेको छ ।
प्रहरीले काम विशेष वाहेक अनावश्यक हिंडडुल नगर्नुहुन र गर्नैपरेमा समूहमा हिँड्ने साथै आफ्ना बालबच्चाहरूको विशेष ख्याल रक्ख्न समेत अनुरोध गरेको छ ।












