सन्धिखर्क : किशोरीलाई बालबिबाह, घरेलु हिंसा र प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण

सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्क नगरपाकिलाकाले किशोरीहरुलाई बालबिबाह ,घरेलु हिंसा र प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

नगरपालिका भित्रका १२ वटा वडाका ५ जनाका दरले ६० जना किशोरीहरुलाई बालबिबाह, घरेलु हिंसा र प्रजनन स्वास्थ्यका विषयमा जानकारी गराएको नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले बताइन ।

अन्तराष्ट्रिय बालिका दिवसको अबसरमा सन्धिखर्क नगरपालिका, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजना, युएन्एफ्पिए र सिद्धार्थ सामाजिक बिकास केन्द्रको सहकार्यमा सम्पन्न भएको अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका १२ वटा वडाका ५ जनाका दरले ६० जना किशोरीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्धाटन गर्दै नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले सन्धिखर्क नगरपालिकालाई बालबिबाहमुत्त, नगर बनाउन सबैले सहयोग गर्नु पर्ने बताए । उनले बालबिबाह मुक्त समाज बनाउन तथा घरेलु हिंसाको अन्त्य गर्नका लागि नगरपालिकाले विभिन्न अभियानहरु सञ्चालन गर्ने र सबैको सहकार्यमा यो अभियान सम्पन्न हुने बताए ।

कार्यक्रमको सहजीकरण जिल्ला अदालतका श्रेस्तेदार महेश खनाल र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले गरेका थिए । सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यको अध्यक्षतामा सञ्चानल भएको उद्धाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, युएन्एफ्पिएका जिल्ला संयोजक सुजाता सुब्बा, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, किशोरी सञ्जालका करुणा आचार्य लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रम सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख बेलकुमारी परियारको स्वागत मन्तब्य र महिला विकास निरिक्षक तुलसा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रेमनारायण आचार्य
लेखकको बारेमा

प्रेमनारायण आचार्य

विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?