शिवशक्ति आश्रम कैलाश डाँडामा श्री ब्रम्हा बैब्रत महापुराण २२ औं ज्ञानयज्ञ, दैनिक सयौंको उपस्थिति

माधव पौडेल,
पाणिनी । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका १ पणेना सिम्लेमा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल श्री शिवशक्ति आश्रम कैलाश डाँडामा श्री ब्रम्हा बैब्रत महापुराण २२औं ज्ञानयज्ञमा दैनिक सयौँ भक्तजनहरूको उपस्थिति रहेको छ ।

यही मिति असोज २५ गते देखि सुरु गरिएको महापुराण असोज ३१ गते सम्म संचालन हुने छ । महापुराणमा लक्षहोम साथै सामूहिक व्रतबन्ध पनि सञ्चालन गरिने पूजा सञ्चालन समितिले जनाएको छ ।

महापुराणमा कथा प्रवचन गुरु लक्ष्मी नारायण मरासिनी बाट हुनेछ । २०३१ सालमा एउटा सालको वोट मुनि शिव र पार्वतीको सिला फेला परेको र त्यसपश्चात निरन्तर मन्दिरमा पूजा पाठ गर्न थालिएको थियो ।

वर्षौ पहिले देखि निरन्तर हुँदै आएको यज्ञ विश्वभरि फैलीएको कोरोन भाइरसको संक्रमण कारण दुई वर्ष देखि हुन सकेको थिएन। यज्ञमा पाणिनी गाउँपालिकाका धेरै जसो विद्यालयबाट विधार्थीको उपस्थिति रहँदै आएको छ । यज्ञमा विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिँदै आइएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?