राष्ट्रिय खेलकुद प्रतियोगिता : ४१ वर्षमा बल्ल ९ औँ संस्करण

ललितपुर । नेपाली खेलकुदको महामेला, राष्ट्रिय खेलकुद प्रतियोगिता। प्रतियोगिता २०३८ सालमा काठमाडौंमा सुरु भएको थियो।

दुई–दुई वर्षमा हुने भनिएको यो प्रतियोगिता २१ औँ संस्करण पुगिसक्नुपर्ने हो। राष्ट्रिय खेलकुदले ४१ वर्ष पार गर्दा बल्ल ९ औँ संस्करण भइरहेको छ।

२०४० सालमा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको माछापुच्छ्रेको फेदी पोखरामा करिब शुक्रबार ९ औँ संस्करणको प्रतियोगिताको उद्घाटन भयो।

साँझ आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरे। उनले राष्ट्रिय खेलकुद प्रतियोगिताले नेपाली खेलकुदको इतिहास बोकेको बताए। ४० वर्षमा दोस्रोपटक जिम्मेवारी पाएको भन्दै गण्डकी प्रदेशका बासिन्दालाई बधाइ दिए । उनले खेलाडीलाई सफलताको शुभकामना पनि दिए।

राष्ट्रिय खेलकुदको मूल आयोजक समितिका अध्यक्ष रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले झण्डोत्तोलन गरे। सातौँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक दीप प्रज्ज्वलन गरे।

समारोहमा सबै सहभागी टिमले मस्कटसहित मार्चपास गरेका थिए। कुन्ती मोक्तान, आनन्द कार्कीलगायत कलाकारले सांगीतिक प्रस्तुति पनि दिए।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उत्कृष्ट खेलाडी छान्न प्रतियोगिता महत्त्वपूर्ण बताए।खेलकुदमन्त्रीअध्यक्ष गहतराजले खेलकुदमै रोजगारी सिर्जना गर्न सरकारले तयारी गरिरहेको बताए। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ४० वर्षपछि खेलकुदको यो पर्व पोखरामा आयोजना गर्न पाउँदा खुसी व्यक्त गरे।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले यही प्रतियोगिताबाट राष्ट्रिय टिमको निर्माण गरिने भएकाले खेलाडीका लागि महत्त्वपूर्ण हुने बताए।

२०७६ सालमा लुम्बिनी प्रदेशको नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकुदपछि दुई वर्षमा नवौँ संस्करण गण्डकीमा गर्ने तय भएपनि कोरोना भाइरसको महामारीका निर्धारित ३ वर्ष ढिलो प्रतियोगिता सुरु भएको हो।

कात्तिक ३ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशसहित तीन विभागीय टोली (आर्मी, पुलिस र एपीएफ) र गैरआवासीय नेपाली संघ (एनआरएन) गरी ११ टोलीका ६ हजार १५७ खेलाडीले ३६ खेलका लागि प्रतिस्पर्धा गर्ने प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए ।

विजयी खेलाडी र टीमले ४०४ स्वर्ण र सोही अनुरूपमै रजत र दोब्बर कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?