सन्धिखर्क । नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि तथा नेपाल मगर विद्यार्थी संघका लुम्बिनी प्रदेशका निबर्तमान अध्यक्ष प्रदिप घर्ती मगरले आफ्नो जन्मदिनको अवसरमा वृद्धा तथा अनाथ बालबालिकालाई बलाङ्केट वितरण गरेका छन् ।
जन्म दिनको अबसरमा घर्तीले बुटवलको मानव सेवा आश्रमका बृद्धबृद्धा तथा बालबालिकालाई लक्षित गरेर ५ थान बलाङ्केट वितरण गरेका हुन् । कार्यक्रम नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कोषाध्यक्ष तथा नेपाल मगर विद्यार्थी संघ पुर्ब केन्द्रीय उपाध्यक्ष प्रकाश रानाको प्रमुख आतिथ्यता र नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश समिति सदस्य एवं नेपाली काङ्ग्रेस युवा नेता बिष्णु पोख्रेलको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बुटवल उपमहानगर पालिका १५ का वडा अध्यक्ष तथा बुटवल उपमहानगर पालिका प्रवक्ता शिव राना , नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य मनिष फाल , नेपाल मगर विद्यार्थी संघ पुर्ब केन्द्रीय सचिव तेज बहादुर राना ,नेपाल मगर बिद्यार्थी संघ पुर्ब केन्द्रीय सदस्य प्रेम सोमै ,नेपाल मगर विद्यार्थी संघ प्रदेश समितिका चित्र रोका , नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पस सभापति सुरज छेत्री , नेपाल विद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस सभापति महेश पौडेल , नेपाल स्वयंसेवक संघ लुम्बिनी प्रदेश अध्यक्ष शिव राज पोख्रेल , नेपाल विद्यार्थी संघ लुम्बिनी वाणिज्य क्याम्पस उपसभापति ओमहरी आचार्य , नेपाल विद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पस नेता बिष्णु खनाल लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रमको संचालन नेपाल मगर विद्यार्थी संघ रुपन्देहीका अध्यक्ष रमेश सारुले गरेका थिए । ।













